इजरायलमा ह्योल्मो समाजले सोनाम ल्होसार भव्यताको साथ मनाउने

तेलअविव – ह्योल्मो समाज इजरायल द्वारा २१४६औं सा मो फा ल्हो सोनाम ल्होसार आउँदो ८ फेब्रुवरी २०१९ शुक्रबारको साँझ तेलअविव स्थित EVENTO HALL Yagia Kapayim 10 (EVE पार्टी हलको नजिकै )भव्यताका साथ पुरानो ल्हो कुकुर ( खि ) बर्गलाई लाई बिदाइ नया ल्हो फा (सुङ्गुर ) बर्गलाई स्वागत संगै संयुक्त देर्का (ल्होसार बिशेष सामुहिक भोज ) सहित भव्यताको साथ मनाउने भएको छ |
ल्होसार कार्यक्रमको लागि नेपाल बाट चर्चित सेलो/स्याब्रु/म्हेंदो माया गायक सुमन घले र हाँस्यकलाकार एवं म्युजिक कम्पोजर रचनाकार कभर सिंगर दावा दोर्जे ह्योल्मो आउनु हुने भएको छ |
हिमाली ह्योल्मोहरुको पुर्खौ देखि मनाउदै आएको राष्ट्रिय नेपाली पर्व तथा ह्योल्मो आदिवासीहरुले मान्दै आएका नयाँ बर्ष सोनाम ल्होसार बिगत १२ बर्ष देखि इजरायलको तेलअविव शहरमा पनि मान्दै आएको पर्व गत बर्षहरुमा जस्तै यस बर्ष पनि धार्मिक सांस्कृतिक र पराम्पारिक तामझामका मनाउन लागेको हो |
यस बर्ष धेरै समुदायहरुको कार्यक्रमहरु जुध्न सक्ने सम्भावना भए पनि तिथि मिति र परम्पराकोको आधार र समयलाई मध्येनजर गर्दै ह्योल्मो समाज इजरायलले उक्त मिति तय गरेका हुन् गत बर्ष शनिबार ल्होसार गर्दा धेरै ह्योल्मो समुदायको गुनासोहरु रहेको हुँदा यसपाली शुक्रबार नै पार्ने र संयुक्त देर्का रहेको हुँदा स्वदेशमा ल्होसार मनाउन नपाई मन दुखि पार्नु भएका ह्योल्मो आजि न्होमो आद न्होहरुलाई मन दुखि नपार्न र समयमै छुट्टी मिलाई सोनाम ल्होसार साँझ तथा देर्का कार्यक्रममा सहभागी भई शुभकामना आदन प्रदान, माया साटसाट, सामुहिक स्याब्रु (नृत्य ) तथा सामुहिक पारम्परिक नाचगानको साथमा डिजे संगितमा मनोरंजन गर्नको लागि इजरायलमा कार्यरत सम्पूर्ण ह्योल्मो आदिवासी समुदाय लगायत सम्पूर्ण नेपाली समुदायहरुमा सार्वजनिक रुपमा ह्योल्मो समाज इजरायलले हार्दिक अनुरोध गरेको छ |