वैद्य माओवादीको युवा संगठनद्वारा सुगतरत्नलाई कालोमोसो

नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारलाई मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट युवा संगठनले कालोमोसो दलेकाे छ ।
वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार गरेकाे भन्दै उनीहरुले कंशकारलाई कार्यकक्षमा शुक्रबार कालोमोसो दलेका हुन् । श्राेतका अनुसार कालाेमाेसाे अमिर महर्जनको टोलीले दलेको हाे । पार्टीको केन्द्रीय नीति अनुरुप स्थानीयस्तरमा भ्रष्टाचारीलाई कारवाही गर्ने कार्यक्रम अनुरुप कंशाकारलाई कालोमोसो दलिएको संगठनले जनाएकाे छ ।