बैंकिङ प्रणाली एकीकृत गरी सुरु भयो पूर्ण स्वचालित अनलाइन , के–के कुरामा ध्यान दिने ?
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबारदेखि पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सुरु गरेको छ । नेप्सेले बैंकिङ प्रणालीलाई पनि एकीकृत गरी पूर्ण स्वचालित अनलाइन कारोबार सुरु गरेको हो । अनलाइन कारोबार यसअघि नै सुरु भएपनि बैंकिङ प्रणाली भने एकीकृत गरिएको थिएन ।
नेप्सेले अनलाइन सेयर कारोबार गर्नका लागि विभिन्न विषयमा जानकार हुन पनि लगानीकर्तालाई सचेत गराएको छ । अनलाइन कारोबारबारे लगानीकर्ताको अन्योलता दूर गर्न नेप्सेले ६ वटा विषयमा जानकारी गराएको छ । यसमा एक हितग्राही खातासँग कति कारोबार खाता आवद्ध गर्ने, राफसाफ बैंकमा खाता खोल्ने र कारोबार सदस्य–ग्राहक सम्झौता गर्नेसँग सम्बन्धित विषयहरु समावेश गरिएको छ ।
यस्तै, नेप्सेले ब्रोकरबाट कारोबार सीमा लिने, धितोमा रहेको वा रोक्का धितोपत्र बिक्री नगर्ने र कारोबार गर्न अनलाइन ट्रेडिङ अनिवार्य हो कि होइन ? भन्ने विषयमा लगानीकर्तालाई प्रष्ट जानकारी गराएको छ ।