हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

निर्मला प्रकरणमा अपराध कबुल गर्नेहरुको डिएनए नमिल्दा आश्चर्यमा परे : प्रम ओली

काठमाडौं– ‘निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने मानिसहरु खुलेआम हिडिरहँदा पनि सरकार के हेरेर बसेको छ ? के हामी बालबालिकाको सुरक्षाको जिम्मा सरकारले लिन सक्दैन? दैनिक १५ सयदेखि २ हजार युवा विदेशिनबाट रोक्न तपाईसँग के कस्ता योजनाहरु छन्? सरकारको यति धेरै लगानी हुँदाहुँदै पनि किन सामुदायिक विद्यालयको गुणस्तर खस्कँदै गइरहेको छ? सरकारले किन नेपाली भाषालाई वेवास्ता गर्दै अंग्रेजीलाई धेरै प्राथमिकता दिएको? नेपालको धेरै स्थानमा शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि पाठ्यपुस्तक पुग्न सकेका छैनन्, यस्तो अवस्थामा कसरी डिजिटलाइज्ड नेपालको परिकल्पना गर्ने? उस्तै किसिमको शिक्षा हासिल गर्दा पनि किन पारिश्रमिकमा विभेद हुने गरेको?’ मंगलवार प्रज्ञा प्रतिष्ठानमा स्कुले बालबालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस्ता प्रश्न सोध्ने अवसर पाए। यो अवसर जुराइदिएको थियो नेपाल स्काउटले। उपत्यकाका १४ विद्यालयका विद्यार्थीले स्काउटको पहलमा प्रधानमन्त्रीसँग साक्षात्कार गर्न पाए। कार्यक्रमको नाम दिइएको थियो– ‘बालबालिकासँग प्रधानमन्त्री’। कार्यक्रममा बालबालिको प्रश्न सुन्न र जवाफ दिन प्रधानमन्त्री ओली पत्नी राधिकासहित उपस्थित थिए।

भविष्यका कर्णधार विद्यार्थीसँग प्रत्यक्ष साक्षात्कार गर्नुपुर्व प्रधानमन्त्री ओलीले सायदै सोचेका होलान यति अप्ठेरो प्रश्नको सामना गर्नुपर्छ भनेर। जुन कुरा प्रधानमन्त्रीका जवाफवाट प्रष्ट थाहा हुन्थ्यो। रश्मी थापाले निर्मला पन्त प्रकरणको छानविन र आफूजस्तै बालबालिकाको सुरक्षाबारे प्रश्न गर्दा प्रधानमन्त्रीको जवाफ त्यति चित्तबुझ्दो आएन। उल्टै प्रधानमन्त्रीले अनुसन्धानका क्रममा विभिन्न किसिमका दबाब आइरहेकाले काम गर्न अप्ठेरो भइरहेको, प्रहरीले सुरुदेखि नै गल्ती गरिरहेको, अपराधीलाई कुनै हालतमा पनि नछोडिने जस्ता जवाफ दिएर पन्छिए। साथै ओलीले निर्मलाको केसमा अपराध कबुल गर्ने मान्छेहरुको डिएनए रिपोर्ट नमिल्दा आफू आश्चर्यमा परेको बताए।

कक्षा आठमा पढ्ने प्रनिश घिमिरेले दैनिक सयौंको संख्यामा नेपाली युवाहरु विदेशिनबाट रोक्न तपाईसँग के कस्ता योजना छन भनी प्रश्न गरिरहँदा प्रधानमन्त्री ओलीले तत्काल यो रोक्न कठिन भएको जवाफ दिए। आफूसँग केही दीर्घकालिन योजनाहरु रहे पनि नेपालको आर्थिक अवस्था कमजोर रहुन्जेल नेपाली युवा विदेशिनबाट रोक्न नसकिने प्रधानमन्त्रीको जवाफको सार थियो। कृषिलाई प्राथमिकता दिने, विदेशबाट सीप सिकेर आएका युवालाई स्वरोजगार कार्यक्रममा सहयोग गर्ने, प्राविधिक शिक्षा, सीपमुलक कार्यक्रममा सरकारको प्राथमिकता रहने प्रधानमन्त्री ओलीका दीर्घकालिन योजना थिए।

सामुदायिक विद्यालयको खस्किँदो गुणस्तर र सरकारले किन अङ्गे्रजी भाषालाई बढी महत्व दिइरहेको भन्ने जिज्ञासा अनिश कोइरालाले राखेका थिए। जवाफमा प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयको गुणस्तर खस्किएको स्वीकार गर्दै यसलाई सुधार्दै लैजाने प्रतिबद्धता जनाए। अंग्रेजी भाषाका सम्बन्धमा प्रधानमन्त्री ओलीले घुमाउरो पारामा जवाफ फर्काउँदै नेपाली भाषामा पोक्त हुनका साथै अन्तर्राष्ट्रिय भाषाको समेत ज्ञान हुनुपर्नेमा जोड दिए।

यसरी देशको वर्तमान अवस्थाका जल्दाबल्दा मुद्दामा स्कुले विद्यार्थीले प्रश्न गरी प्रधानमन्त्री ओलीलाई खबरदारी गरेका छन्। प्रधानमन्त्री ओलीले पनि विद्यार्थीमाझ गरेका प्रतिबद्धता चाँडै कार्यान्वयनतिर जोड दिएमात्रै स्कुले विद्यार्थी अर्थात भविष्यका कर्णधारसँगको साक्षात्कार उपलब्धिपूर्ण मानिने छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution