तामाङ महिला घेदुङको दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

दिपक वाइबा तामाङ , पौष १८ गते , पोखरा । नेपाल तामाङ महिला घेदुङ कास्कीको आयोजनामा ‘वक्तृत्वकला र व्यक्तित्व विकास’ दुईदिने प्रशिक्षण आज सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ कास्कीको सभाहल पोखरा – १४ चाउथेमा भएको सो प्रशिक्षण कार्यक्रममा प्रशिक्षक प्रमुख प्रशिक्षक एवम् अतिथि धन प्रसाद तामाङ , प्रशिक्षक दिपक वाईबा , मिन माया डुम्जन र बिष्णु योन्जनले प्रशिक्षण गर्नु भएको थियो ।
नेपाल तामाङ घेदुङ कास्कीको विभिन्न ईकाई समितिबाट प्रतिनिधिमूलक ढंगले ३० जना तामाङ महिलाहरुको सहभागिता रहेको थियो । नेपाल तामाङ महिला घेदुङ कास्कीका अध्यक्ष ऋतु थोकर तामाङको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष पवित्र थोकर तामाङले सन्चालन गर्नु भएको थियो |