हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

अन्तराष्ट्रिय तामाङ परिषद् चौथो सम्मेलनको घोषणा पत्र सार्वजनिक

पौष १४ ,याम्बु – अन्तराष्ट्रिय तामाङ परिषद् चौथो सम्मेलनको घोषणा पत्र पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ | भारतको दार्जिलिङ/मिरिकमा भएको सम्मेलन लगतै घोषणा पत्र सार्वजनिक गर्नु पर्नेमा प्राविधिक समस्याको कारण केहि समय ढिला हुन गएको परिषद्का महासचिव मोहन गोले तामाङले जानकारी दिएका थिए |

पत्रकार सम्मेलनमा  परिषद्का अध्यक्ष के एम तितुङ तामाङले घोषणा पत्र वाचन गरेर सार्वजनिक गरेका थिए |

अन्तराष्ट्रिय तामाङ परिषद् चौथो सम्मेलनको घोषणा पत्रको पूर्ण अंश

अन्तर्राष्ट्रिय तामाङ परिषद्
मिरिक घोषणा पत्र–२०१८

सन् २००२ मा स्थापित अन्तर्राष्ट्रिय तामाङ परिषद्को यस अघि सम्पन्न तीनवटा सम्मेलनहरुबाट विभिन्न मितिमा जारी घोषणा–पत्र तथा चौथो सम्मेलनबाट पारित विशेष प्रस्ताव र प्रस्तुत प्रतिवेदनको मूलभावनालाई आत्मसात् गर्दै,

आदिम थलो नेपालको ताम्सालिङ क्षेत्रबाट विभिन्न कारणले संसारभरि फैलिएका तामाङ जातिको पुख्र्यौली भूमिमा विकसित विशिष्ट साँस्कृतिक पहिचान (भाषा, धर्म, संस्कृति, परम्परा) लाई एकरुपता दिने सामूहिक प्रतिवद्धता जनाउँदै,
विश्वब्यापी रुपमा बढ्दै गईरहेको राष्ट्रिय, अन्तर्राष्ट्रिय साँस्कृतिक अतिक्रमण तथा विश्व भूमण्डलीकरणबाट तामाङ साँस्कृतिक धरोहर (ताम्बा, लामा र बोन्बो) हरुको ज्ञान, परम्परालाई बचाउने साझा संकल्प गर्दै,
तामाङ समुदायको एकताको आधार अन्तर्राष्ट्रिय तामाङ परिषद् (ITC) लाई एकमात्र साझा समन्वयकारी संस्थाको रुपमा विकास गर्न यसलाई समयानुकूल चलायमान, गतिशिल तथा बहुपदीय प्रणालीमा लाने सामूहिक अठोट गर्दै,
इतिहासको विभिन्न कालखण्डमा समुदायको अस्तित्व रक्षाका खातिर तामाङ अग्रजहरुले निस्वार्थ रुपमा बगाएको रगत, पसिना र ऐतिहासिक योगदानको उच्च कदर गरी अग्रजले देखाएको बाटोमा निरन्तर हिंड्ने प्रण गर्दै,
हामी विश्वभर छरिएर रहेका तामाङ आदिवासी जनजातिहरु अखिल भारतीय तामाङ बौद्ध संघको आतिथ्यतामा भारतको मिरिकमा सम्पन्न ऐतिहासिक चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलनबाट निम्न सामूहिक प्रतिवद्धताका साथ मिरिक घोषणा पत्र–२०१८ जारी गर्दछौ |

१. अन्तर्राष्ट्रिय तामाङ परिषद्को सचिवालय काठमाडौंमा रहने र यसको कार्यालयलाई ब्यवस्थित रुपमा सञ्चालन गरिनेछ । साथै परिषद्को कार्यालयलाई संसारमा रहेको तामाङ संघ÷संस्थाको सूचना केन्द्रको रुपमा विकास गरी आवश्यक साझा सामाग्रीहरु समेत प्रकाशन गर्दै जानेछ ।

२. तामाङहरुको स्थायी बसोबास रहेको राष्ट्रहरुमा संगठन निर्माणको लागि पहल गर्नुका साथै विभिन्न देशमा विविध कारणले विभाजनको अवस्थामा रहेको तामाङ संघ÷संस्थाहरुलाई क्षेत्रीय समन्वय समितिको पहलमा एकता गर्दै लगिनेछ ।

३. तामाङहरुको आदिम थलो नेपालको ताम्सालिङ भूमिलाई ताम्सालिङ प्रदेश निर्माण र तामाङ भाषा, लिपिलाई सरकारी कामकाजी भाषाको मान्यता दिलाउन राजनीतिक, सामाजिक आन्दोलनको केन्द्र बिन्दू संघीय नेपालको तीन नम्बर प्रदेशलाई बनाइनेछ । साथै भाषा, लिपि, सोनाम ल्होछार तथा तामाङ संस्कृतिलाई स्थापित गर्न तामाङ बसोबास रहेको सबै राष्ट्र सरकारलाई दबाब, आग्रह दुबै गरिनेछ ।

४. तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व माघ शुक्लपक्ष प्रतिपदाको दिनको सम्बन्धमा देखिएको भ्रम अन्त्य गर्न “अन्तर्राष्ट्रिय तामाङ चन्द्रपात्रो निर्धारण समिति” गठन गरिनेछ । सो समितिले सबै गणित तथा फलित जोतिषशास्त्र र तामाङ परम्परा तथा मान्यताको अध्ययन गरी ल्हो फिर्ने प्रत्येक बर्ष माघ शुक्लपक्ष प्रतिपदाको दिन तोक्ने र मञ्जुश्री सम्वत्मा आधारित पात्रो प्रकाशन गर्नेछ ।

५. अन्तर्राष्ट्रिय तामाङ परिषद्को पहलमा भगवान् बुद्धको जन्मभूमि लुम्बिनीमा गुम्बा निर्माणको लागि अखिल भारतीय तामाङ बौद्ध संघको नाममा नेपाल सरकारबाट जग्गा प्राप्त भइसकेको हुँदा उक्त जमीनमा अन्तर्राष्ट्रिय तामाङ गुम्बा तथा धर्मशाला निर्माण गर्न एक स्वायत्त संस्थाको रुपमा “अन्तर्राष्ट्रिय तामाङ गुम्बा निर्माण समिति” गठन गरी काम अघि बढाइनेछ ।

६. तामाङ समुदायको शैक्षिक अवस्थामा थप सुधार ल्याउन शैक्षिक सहयोग कोषलाई ब्यवस्थित रुपमा सञ्चालन गरिनेछ । यसको छुट्टै कार्यविधि बनाई तामाङ विद्यार्थीहरुलाई शिक्षा क्षेत्रमा अभिप्रेरित गर्ने खालका विभिन्न कार्यक्रम तथा तामाङ भाषा विद्यालय र नमूना विद्यालयहरु समेत सञ्चालन गरिनेछ ।

७. तामाङको आर्थिक अवस्थालाई मजबुत बनाउन संसारभरि फैलिएर रहेका तामाङको पूँजिलाई एकीकृत गर्ने, यसको लागि यस अघि सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनबाट जारी घोषणापत्र अनुसार सहकारीको माध्यमबाट तामाङ स्व–विकासका योजनाहरु अघि बढाइनेछ ।
८. तामाङ जातिको मुख्य साँस्कृतिक धरोहर (ताम्बा, लामा, बोन्बो) को संरक्षण तथा तामाङ ज्ञान, साहित्यको प्रवद्र्धन गर्नका लागि सम्बन्धित राष्ट्र सदस्य संस्था र सम्बन्धन सदस्य संस्थाको ब्यवस्थापनमा कार्यक्रम सञ्चालन गर्नेछ । तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनद्वारा पारित साँस्कृतिक पुनर्जागरण अभियानलाई निरन्तरता दिइनेछ ।

९. अन्तर्राष्ट्रिय तामाङ परिषद्को सचिवालय स्थायी रुपमा नेपालमा रहने र तामाङ समुदायको ऐतिहासिक आदिम भूमि समेत नेपालको ताम्सालिङ क्षेत्र रहेको हुँदा नेपाल तामाङ घेदुङको आयोजनामा तामाङको सबैखाले विविधता झल्किने तामाङ साँस्कृतिक भवनका लागि परिषद्ले आवश्यक जग्गाको ब्यवस्थापन तथा निर्माण कार्यको पहल गर्नेछ ।

१०. तामाङमाथि आइपर्ने विभिन्न खालको आपत् विपत् तथा दुःखमा सहयोग गर्न तामाङ विपत् ब्यवस्थापन कोष खडा गर्नेछ र सम्बन्धित सदस्य राष्ट्र संस्थाको सिफारिसमा परिषद्ले विभिन्न विपत्मा सहयोग पु¥याउनेछ । यसका साथै राज्यपक्ष वा गैर राज्यपक्षबाट समय समयमा तामाङ जनतामाथि गरिने सबैखाले शोषण, अन्याय, विभेदको बिरुद्ध संसारको तामाङहरु बिना पूर्वाग्रह एकठाउँमा उभिएर संघर्ष गर्नेछ ।

११. अन्तमा, अन्तर्राष्ट्रिय तामाङ परिषद्को ऐतिहासिक चौथो सम्मेलनको आतिथ्यता गरी महत्वपूर्ण सहयोग पु¥याएकोमा अखिल भारतीय तामाङ बौद्ध संघ परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । थुजेछे ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution