अन्तर्राष्ट्रिय तामाङ परिषद्को दोश्रो बैठक सम्पन्न,पदीय प्रमाण पत्र वितरण

पौष १४ ,याम्बु – अन्तर्राष्ट्रिय तामाङ परिषद्को दोश्रो बैठक काठमाडौं स्थित नेपाल तामाङ घेदुङको संघीय कार्यालयमा परिषदको अध्यक्ष के. एम. तामाङ अध्यक्षतामा सम्पन्न भएको छ | बैठकले महत्वपुर्ण निर्णयहरु गरेको छ |
बैठकले विधानमा व्यवस्था भएबमोजिम महिला उपाध्यक्ष (मनोनित) मा लक्ष्मी घिसिङ तामाङ (भारत) र सम्पर्क सचिव (मनोनित)मा पासाङ योन्जन तामाङ (भारत) लाई मनोनित गरिएको छ भने सम्बन्धन / आवाद्ध संस्थाको तर्फबाट रिक्त एक पद सचिव र सल्लाहकार समिति अर्को बैठकबाट चयन गर्ने भएको छ |
यसैगरी बैठक द्वारा क्षेत्रिय समन्वय समितिको गठन ६ महिना भित्र गरी सक्ने निर्णय गरेको छ |यसैगरी परिषद्को सदस्यीय देशहरु नेपाल , भारत लगायत विदेशमा भएको संस्थाले आयोजन गरेको कार्यक्रम (ल्होछार) मा बिक्री भएको प्रवेश शुल्क टिकटबाट १ प्रतिशत रकम छुटाएर ” तामाङ विपत् ब्यवस्थापन कोष ” को लागि सहयोग गर्न अनुरोध / आग्रह गर्ने निर्णय गरेको छ |
परिषद्का महासचिव मोहन गोले तामाङले संचालन गरेको बैठकमा वरिष्ठ उपाध्यक्ष टासी लामा तामाङ , क्षेत्रिय उपाध्यक्षहरू कुमार ब्लोन तामाङ (दक्षिण एसिया), बी बी लामा तामाङ (युरोप) , अस्मिता लामा ( पुर्बी एसिया तथा अष्ट्रेलिया), सोनाम दोङ तामाङ(खाडी तथा मध्यपुर्बी) महिला उपाध्यक्ष मिना तामाङ लुङ्बा , महासचिव मोहन गोले तामाङ , सचिवहरु रबिन कुमार लामा ,पासाङ योन्जन तामाङ र सह-कोषध्यक्ष नानु गोम्ज तामाङ सहभागी रहेका थिए |
साथै अन्तर्राष्ट्रिय तामाङ परिषद्को चौथो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक डा. कुन्साङ योन्जन तामाङले पदीय प्रमाण पत्र वितरण गरेका थिए |