युएईमा सोनाम ल्होछार २८५५ ल्होछार भव्यताको साथ मनाउने तयारी
युएई। रोजगारको सिलसिलामा यूएईमा रहेका तामाङहरुको संस्था तामाङ समाज युएईले आगामी फेबु्रअरी ८ तारिखको दिन सोनाम ल्होछार २८५५ फा ल्हो सेलो विशेष ल्होछार साँझ मनाउने भएको छ।
तामाङ समाज युएईले आफ्नो स्थापनाकाल सन् २००५ देखि नै बैदेशिक रोजगारको शिलशिलामा युएईमा छरेर रहेको पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तामाङ जातीलाई एउटै छाता संगठनमा आबद्ध गराउँदै तामाङ जातिको भाषा, कला, साहित्य, सँस्कृति, रितिरिवाज र परम्पराको संरक्षण र प्रबद्र्धन गर्दै समाजिक कार्यहरुमा सक्रिय रहेको अध्यक्ष महेश मोक्तानले बताएका छन्।
आफ्नो संस्कृति संरक्षण तथा प्रबर्द्धन गर्न हरेक साल ल्होछार तथा बुद्ध जयन्ती संस्कृतिक कार्यक्रम नेपालबाट राष्ट्रिय स्तरको तामाङ कलाकारहरुलाई निमन्त्रणा गरेर मनाउँदै आएको छ । यसपटक पनि बिगतका ‘तामाङ समाज युएईको शान, तामाङ संस्कृति, तामाङ पहिचान’ भन्ने मुल नाराकासाथ सेलो विशेष साँझ सोनाम ल्होछार २८५५ फा ल्हो मनाउन नेपालबाट चर्चित सेलो गायक तथा तामाङ कलाकार संघका अध्यक्ष संजीब वाईबाको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने समाजका उपाध्यक्ष तथा ल्होछार कार्यक्रम संयोजक भीम दोङले जानकारी दिए।
कार्यक्रम आगामी फेबु्अरी ८ तारिख शुक्रवार काल्टर्न टावर होटल देरा दुबईमा दिनको ०२ः०० वजे देखि शुरु हुने आयोजकले बताएको छ।आशिस तामाङ / डिसीनेपाल ग्यामसे |