तामाङ चलचित्रका नायक तीर्थ कुमार लामा तामाङको निधन

काठमाडौं । तामाङ चलचित्र अभिनेता तथा निर्माता तीर्थकुमार तामाङको निधन भएको छ । अस्वस्थ भएपछि केहीदिन अघि अस्पताल भर्ना हुनु भएका तामाङको उपचारका क्रममा आज बिहान तीनकुनेस्थित कान्तिपूर अस्पतालमा निधन भएको हो ।
उहाँको शव श्रद्धान्जलीका लागि राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा राखिनेछ भने आजै स्वयम्भूमा बौद्ध परम्परा अनुसार अन्त्यष्टी गरिने तामाङ चलचित्र संघका महासचिव जयन कुमार मोक्तनले बताउनु भएको छ । २०६३ सालमा संजय लामा बलद्दारा निर्देशित लेङस्याला सेम्जोबाट तामाङ चलचित्र क्षेत्रमा डेब्यु गर्नुभएका उहाँले सेमला दुङाल, आले च्याङबा, तिङला जो लगायतका आधा दर्जन बढी चलचित्रमा अभिनय गर्नुभएको छ भने केही नेपाली चलचित्र र टेलिसिरियलमा समेत अभिनय गर्नुभएको छ ।
काभ्रेको रोशी गाउँपालिका पिन्थलीमा जन्मिनु भएका तामाङ अभिनित तामाङ टेलिसिरियल आबा ङच्छा हाल डिसहोमको रमाइलो टिभी मार्फत प्रशारण हुदै आएको छ ।-राजधानी