हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

तामाङ सोसाइटी अफ न्युयोर्क द्वारा सामाजिक न्याय र परिवर्तनको लागि महिला सशक्तीकरण कार्यक्रम समपन्न

अमेरिका – तामाङ सोसाइटी अफ न्युयोर्कले “सामाजिक न्याय र परिवर्तनको लागि महिला सशक्तीकरण” विषयमा एक कार्यक्रम आयोजना गरेकोछ । डिसेम्बर २२ तारिखको दिन न्युयोर्क स्थित एल्महर्ष्ट हस्पिटलको सभाकक्षमा सम्पन्न भएको सो कार्यक्रमको उद्देश्य सबै वर्ग र उमेरका नेपाली महिलाहरुलाई घरेलु हिंसा, यौन शोषण, महिला अधिकार, शिक्षा, स्वास्थ्य, अर्थ, लैङ्गिक समानता सम्बन्धी ज्ञानको अभिवृद्धि गराएर महिलाहरुलाई सशक्त रुपमा अघि बढ्न प्रोत्साहित गर्नु रहेको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा ख्यातिप्राप्त र सफल महिला व्यक्तित्वहरु नेपाल प्रहरीका पूर्व डिआइजी पार्वती थापामगर, घरेलु हिंसा तथा यौन शोषण बिरुद्धको सामाजिक अभियन्ता तथा जर्सी सिटी मेयरका सल्लाहकार डा.विष्णुमाया परियार, संयुक्त राष्ट्र संघ स्थित अन्तर्राष्ट्रिय अनुसन्धानविद कविता निरौला, दन्त चिकित्शक तथा एन.आर.एन.आई.सी.सी. अमेरिकाका युवा संयोजक डा. वर्षा मोक्तान र बैंकर अमृता लामा अतिथि वक्ताका रहेका थिए

न्युयोर्क स्थित नेपाल सरकारका महावाणिज्यदूत पुष्प राज भट्टराई प्रमुख अतिथि रहेको पहिलो चरणको कार्यक्रममा तामाङ सोसाईटी अफ नर्थ अमेरिका केन्द्रिय कमिटिका अध्यक्ष लक्यान लामा, एन.आर.एन. अमेरिकाका महासचिव बि.आर. लामा र आदिवासी जनजाति महासंघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष तथा मुस्ताङ किदुग यु.एस.ए. का अध्यक्ष राजकुमार विष्ट विशेष अतिथि रहेका थिए । यसै गरि अतिथिको रुपमा नेपाल सरकारका पुर्व सभासद तथा राष्ट्रिय आदिवासी जनजाति महिला संघका पूर्व अध्यक्ष शान्ति जिरेल, आदिवाशी जनजाति महिला महासंघ अमेरिकाकी अध्यक्ष संगिनी रानामगर, हिमालयन बुद्धिष्ट कम्युनिटी यु.एस.ए.का अध्यक्ष छेपाक दोर्जी गुरुङ, मगर संघ अमेरिका केन्द्रिय कमिटी अध्यक्ष कुलदीप रानामगर, शेर्पा किदुग यु.एस.ए.का अध्यक्ष उर्गेन शेर्पा, किरात यकथुम चुम्लुङका अध्यक्ष दिपेश लिम्बु, गुरुङ (तमु) सोसाईटीका अध्यक्ष पदम गुरुङ, किरात राई सोसाईटी अफ अमेरिकाका अध्यक्ष भारती राई, एन.आर.एन. अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष राम हरि अधिकारी, एन.आर.एन. अमेरिका न्युयोर्क च्याप्टरका महिला संयोजक कञ्चन बस्नेत, नेपाली अमेरिकन कलाकार संघका अध्यक्ष सुमन बुढामगर, एभेरेष्ट टाईम्सका सम्पादक ङिमा पाख्रीन, टुटुल्को डट कमका सञ्चालक ज्योति कुमार श्रेष्ठ, तामाङ समाज उत्तर अमेरिकाका सल्हाकारहरु ईन्द्र तामाङ, सुबास लामा, सुर्य तामाङ, ग्यालसुम्दो सेवा संस्थाका अध्यक्ष छिरिङ राप्के लामा, जनजाति महासंघका महासचिव प्रेम गुरुङ र विभिन्न संस्थाका पदाधिकारी तथा सल्लाहकारहरु उपस्थित थिए ।

 

दुई चरणमा विभाजन गरि शुरु गरेको कार्यक्रम, प्रमुख अतिथि द्वारा पानसमा दिप प्रज्वलन गरि पहिलो चरणको कार्यक्रम उदघाटन गरिएको थियो भने उक्त कार्यक्रमको सभापति संस्थाकी अध्यक्ष गोमा योन्जनले गर्नु भएको थियो । संस्थाका सचिव दिपेन्द्र लामाले उद्घोषण गरि शुरु गरेको प्रथम चरणको कार्यक्रम युवा पुस्ताका फुर्साङ डोल्मा तामाङ र सोनिका लामाले सञ्चालन गरेका थिए । उदघाटन लगतै नेपाल र अमेरिकाको राष्ट्रियगान बाट कार्यक्रमको शुरुवात भएको थियो । रिया तामाङ, ईसिका लिम्बु, परिसा रुम्बा, गरिमा रानामगर, निनिमा राई, फर्टुन राई र छिरिङ डोमा शेर्पाले नेपाली राष्ट्रिगान गाएका थिए भने छोईङ तामाङले अमेरिकाको राष्ट्रियगान गाएकी थिइन् । कार्यक्रममा शर्मिला वाईबा, छिरिङ योञ्जन, सुरज मोक्तान, सन्देश लामा, रिन्चेन तामाङ, रेश्मि गौचन तथा द फ्याम ब्याण्डका बिजय वाईबा, कमल गुरुङ र याङजी शेर्पाले विविध मनोरञ्जनात्मक र सन्देशमुलक नृत्य तथा सांगितिक प्रस्तुति दिएका थिए । प्रस्तुत नृत्यहरुको निर्देशन बिजय वाईबाले गरेका थिए भने संगीत र सम्पादन कमल गुरुङले गरेका थिए । कार्यक्रममा शर्मिला वाईबाले नेपालको बस्तु स्थितिमा सपनाको खोजिमा हिडेको चेलिले भोग्न परेको कठिन परिस्थितिको बारेमा कन्टेम्पोरेरि डान्स र रिन्चेन तामाङ, रेश्मि गौचन र टिम द्वारा किशोरीहरुले भोग्न सक्ने बुलिईङ झल्काउने एक्ट प्रस्तुत गरेका थिए । त्यसै गरि सोनिका लामाले विगतमा आफुले भोगेको बुलिईङ बारे सुनाउँदा कार्यक्रममा उपस्थित सबै भावुक भएका थिए ।

आफ्नो मन्तव्य व्यक्त गर्दै नेपाल सरकारका महावाणिज्यदुत पुष्प राज भट्टराई लगायत अन्य विशेष अतिथिहरुले यस किसिमको कार्यक्रम नेपाली अमेरिकन समाजमा यो नै पहिलो कार्यक्रम भएको र तामाङ सोसाईटी अफ न्युयोर्कले यो कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्था, कार्यक्रम प्रस्तोता तथा कलाकार भाईबहिनीहरु सबैको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे, केन्द्रीय अध्यक्ष लक्यान लामाले आफ्नो अनुभब साट्दै कन्सेप्ट सहितको कार्यक्रम पस्केर छोटो समयमा नै इतिहास रच्न सफल भएकोमा सोसाईटी र कार्यसमितिलाई बधाई तथा शुभकामना पस्कनु भयो भने एनआरएनए महासचिव बाबुराम तामाङ ज्यु ले अाफ्नो भनाईमा यति मार्मिक र उच्चस्तरिय कार्यक्रम पस्केकोमा आफु चकित भएको र यस्तो कार्यक्रम नेपालमा लाने योजना छ भने तामाङ सोसाईटी अफ न्युयोर्कलाई $५०० सहयोग दिने घोषणा गर्नु भयो त्यसै गरि फिप्नाका वरीष्ठ उपाध्यक्ष राज कुमार विष्ट ज्यु ले आफ्नो भनाईमा शुभकामना पस्कदै अन्य समुदाय केबल नेता बन्नु र सम्मान खाना मात्र संस्था खोलेको अनुभव भयो भन्दै कार्यक्रम पस्कन र कन्सेप्ट ल्याउन तामाङ सोसाईटी अफ न्युयोर्क बाट अन्य संघ संस्थाले सिक्नु पर्ने धारण प्रस्तुत गर्नु भयो |

कार्यक्रमको दोश्रो चरणको सभापतित्व संस्थाकी उपाध्यक्ष निमा गोलेले गर्नु भएको थियो भने प्रमुख अतिथि केन्द्रीय अध्यक्ष लक्यान लामा रहनु भएको थियो । कार्यक्रमका संयोजक निलिमा रुम्बा प्रधानले महिला सशक्तिकरण बारे आफ्नो प्रश्तुति दिए पश्चात मोडेरेटरको भुमिका निर्वाह गर्दै अतिथिवक्ताको रुपमा निम्त्याईएका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त र सफल महिलाहरु समक्ष सामाजिक न्याय र परिवर्तनका लागि महिला सशक्तिकरण विषय सम्बन्धि विविध प्रश्नहरु राखेकी थिइन् । सोधिएको प्रश्नहरुको जवाफ दिंदै अतिथी वक्ताहरुले नेपाल तथा अमेरिकी समाजमा विध्यमान रहेका लैङगिक असामानता, घरेलु हिंसा तथा यौन शोषण, आर्थिक असामानता बारे प्रकाश पार्दै सामाजिक न्याय तथा परिवर्तनका लागि महिला सशक्तिकरणको आवश्यक्ता रहेको बताए । प्रश्नउत्तर कार्यक्रमको अन्तिम चरणमा अतिथि वक्ताहरु समक्ष कार्यक्रमका सहभागीहरुले यौन शोषण, सामाजिक न्याय, आर्थिक स्वतन्त्रा, निर्मला पन्त हत्याकाण्ड, यौन हिंसा सम्बन्धि हाल चलिरहेको मि टु मुभमेन्ट, आदि विषयमा प्रश्नहरु सोधेका थिए ।

अन्तमा यस सशक्तिकरण कार्यक्रमको उद्देश्यलाई सार्थकता दिनको निम्ति निलिमा रुम्बा प्रधानको संयोजकत्वमा फुर्साङ तामाङ, सोनिका लामा, छिरिङ योञ्जन, सन्देश लामा,सुरज मोक्तान, शर्मिला वाईबा, पासाङ पाख्रीन, रिन्चेन तामाङ, रेश्मि गौचन, बिजय वाईबा, कमल गुरुङ र याङजि शेर्पा सम्मिलित एक कोर टिम गठन गरिएको घोषणा गर्नुका साथै कार्यक्रमका अतिथि वक्ताहरुलाई खदा लगाएर सम्मान गर्दै कार्यक्रमको समापन गरिएको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution