हेडलाईन

रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

निर्मला पन्त प्रकरण : थुनामुक्त प्रदीपले भने, ‘यातना दिइयो’

काठमाडौँ — निर्मला पन्तको बलात्कारपछि हत्या आरोपी प्रदीप रावलले थुनामा रहँदा आफूलाई यातना दिएको बताएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको थुनामा बयान लिने क्रममा पाइपले नांगो पैतालामा हानेको आरोप उनले लगाएका छन् ।

फलामले पाइप तिघ्रामा तेर्स्याइ त्यसको दुवैतिर टेकेर यातना दिएको उनले बताए । पक्राउ परेपछि एक दिन कठोर यातना र पछि मानसिक दबाब दिएको उनको भनाइ छ ।

मङ्सिर १७ गते सुन्धाराबाट पक्राउ परेका रावलको डिएनए निर्मलाको भेजाईनल स्वाबबाट निकालिएको पुरुष डिएनएको स्याम्पलसँग नमिलेको प्रमाणित भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशपछि बुधवार उनी छुटेका छन् । सुन्धाराको एक म:म पसलमा काम गर्ने उनलाई पक्राउ गरेपछि दिनभर केन्द्रीय अनुसन्धान ब्युरोमा राख्ने र साँझ महानगरीय प्रहरी वृत्त महाराजगंजमा थुनामा राख्ने गरिएको थियो ।

थुनामा क्रममा अपराध कबुल गर्न बाध्य पारेपछि आफूले बलात्कार र हत्या गरेको भन्ने बयान दिएको रावलले बताए । कान्तिपुरसँगको कुराकानीमा उनले भने, ‘साँचो–साँचो बोल, नत्र नराम्रो होला भनेर धम्काएपछि र धेरै दबाब दिएपछि मैले झुटो कहानी बताए ।’

माइतीघर लगेर यही हो निर्मलाको बलात्कारी भन्दै चिनाउने धम्की पनि ब्युरोका प्रहरीले दिएको उनको आरोप छ। दौडन लगाएर पछाडिबाट गोली हान्ने धम्कीदेखि हिटरमा पिसाब फेर्न लगाउनेसम्मको त्रास आफूलाई देखाएको उनले बताए । प्रहरीले साइबर क्राईमको मुद्दा लगाउने धम्कीसमेत दिएका थिए ।

रावल पक्राउ परेलगत्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेत ब्युरो पुगेर रावलको बयान लिएका थिए । प्रहरी महानिरीक्षकले बयानका क्रममा सत्य-तथ्य बताए सजाय छुट पाउन सकिने र आफ्नो अघि ढुंगासमेत बोल्ने भन्दै घटनाबारे बताउन दबाब दिएको पनि उनले बताए ।

१० साउनमा कञ्चनपुरको भीमदत्त नगरपालिका १८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । उक्त घटनापछि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयले छुट्टाछुट्टै अनुसन्धान टोली बनाए पनि घटनाको रहस्य सतहमा आउन सकेको छैन ।

निर्मला पन्तको बलात्कार पछि हत्याको घटनाको अनुसन्धानमा खटिएका जिल्लास्थित प्रहरी प्रमुख एसपी र इन्स्पेक्टरको बर्खास्त र १८ जनामाथि विभागीय कारबाहीको निर्णय भए पनि मुख्य दोषीको पहिचान हुन सकेको छैन ।इकान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution