ताम्सालिङ नागरिक समाज द्वारा बधाई तथा शुभकामना प्रदान
याम्बु – तामाङ समुदायको प्रबुद्ध ब्यक्तिहरुको समुह ‘ताम्सालिङ नागरिक समाज’ले एक कार्यक्रम मार्फत अन्तर्राष्ट्रिय तामाङ परिषदको चौथो सम्मेलनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ |
ताम्सालिङ नागरिक समाजको संयोजक डा.मुक्त सिंह तामाङ (प्राध्यापक/विश्लेषक)को सभापतिमा भएको कार्यक्रमको प्रमुख अतिथि डा. गणेश योन्जन तामाङ(पुर्व राजदूत) रहनु भएको थियो |
कार्यक्रममा अन्तराष्ट्रिय तामाङ परिषद्को चौथो सम्मेलनबाट निर्वाचित वरिष्ठ उपाध्यक्ष टासी लामा तामाङ,क्षेत्रिय उपाध्यक्षहरू भोजकुमार दोङ तामाङ (उत्तर-दक्षिण अमेरिका),बी बी लामा तामाङ (युरोप) ,अस्मिता लामा तामाङ( पुर्बी एसिया तथा अष्ट्रेलिया)सोनाम दोङ तामाङ(खाडी तथा मध्यपुर्बी)कुमार ब्लोन तामाङ (दक्षिण एसिया), उपाध्यक्ष (महिला) मिना तामाङ लुङ्बा , महासचिव मोहन गोले तामाङ , सचिव :- रबिन कुमार लामा तामाङ, सचिव (महिला) गोपिमाया मोक्तान तामाङ संगै नेपाल तामाङ घेदुङ साउदी अरबका अध्यक्ष दिल कुमार तामाङ र ओमन तामाङ समाजका सल्लाहकार दावा साङ लामा तामाङ उपस्थित रहेका थिए |
अन्तराष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामा तामाङ,उपाध्यक्ष बी बी लामा तामाङ (युरोप) र अस्मिता लामा तामाङ( पुर्बी एसिया तथा अष्ट्रेलिया)ले बुद्धिजीवि तथा अग्रजहरुको सरसल्लाह र सहयोगको ठुलो अपेक्षा राखेको बताउनु हुदै सम्पूर्ण तामाङ समुदायका संघसंस्थाहरु संग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका थिए |
कार्यक्रमका सभापति डा.मुक्त सिंह तामाङ ,प्रमुख अतिथि डा. गणेश योन्जन तामाङ,कमान सिंह लामा (पुर्व राजदूत), डा. संग्राम सिंह लामा, रुद्र सिंह तामाङ (नेपाल सरकार सह सचिव), अमृत योन्जन (भाषाविद्) ,जय गोले (संयोजक-ताम्सालिङ संघर्ष समिति)ले विभिन्न सुझाबहरु प्रदान गर्दै कार्यकाल पूर्ण सफलताको कामना गरेका थिए |
कार्यक्रम कुशलतापुर्वक प्रदीप बम्जन तामाङ(नागरिक अगुवा)ले संचालन गरेका थिए |