दुईजना हुण्डी कारोवारी पक्राउ
विराटनगर । हुण्डी करोवारका लागि भारतबाट नेपाली रुपैयाँ २४ लाख बोकेर आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
आइतबार भारतबाट कारको डिकीमा लुकाएर ल्याउँदै गरेको २४ लाख १५ हजार नेपाली रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले विराटनगर- १० रोडशेष चोकबाट पक्राउ गरेको हो ।
भारतबाट आउँदै गरेको बीआर३८एच ६१४२ नम्बरको कार चेकजाचका क्रममा डिकीभित्र लुकाएर राखेको २४ लाख १५ हजार नेपाली रुपैयाँसहित भारत बिहार अररिया जिल्ला फारबिसगञ्ज-९ का २८ वर्षीय सनोजकुमार साह र फारबिसगञ्ज १६ की ५० वर्षीय सुशीलादेवी गुप्तालाई पक्राउ गरिएको मोरङ प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकी गुप्ता व्यवसायीक हुण्डी करोवारी हुन् । उनले लामो समयदेखि विराटनगरका व्यपारीसँग मिलेर हुण्डी कारोवार गर्ने गरेको पाइएको प्रहरी स्रोतको दावी छ ।