हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

बौद्ध गुम्बामा काग्युर तेंग्युर ३३३ ठेली ग्रन्थ पाठ वाचन सम्पन्न

राजेश रुम्बा तामाङ,पौष ८ । नेपाल अहिंसा बादी बौद्ध धर्म बिस्वशान्ती चक्र संघको नवलपरासी स्थित बिनय त्रिबिनि गाउँ पालिका वडा नं २ दवन्नेमा रहेको केन्द्रीय संङ्ग देक्षिनलिङ बौद्ध गुम्बामा बिगत १५ दिन देखि चल्दै अाएको २५ अौं काग्युर तेंग्युर ३३३ ठेली ग्रन्थ पाठ वाचन एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

बिनय त्रिबिन्नि गाउँ पालिकाका अध्यक्ष डम्बरबहादुर जिसी प्रमुख अतिथि रहेको सो कार्यक्रमको अध्यक्षता ज्योमो हिशे छ्योग्याल्मोले गर्नु भएको थियो भने प्रमुख धर्म गुरु खेन्पोला पेमा सम्बा लामा , बिशेष्ट् अतिथि धर्म गुरु तथा महासँघका महासचिव प्रेम दोर्जे बल लामा ,सोही गाउँ पालिकाकी उपाध्यक्ष मिना कुमारी राना सहित रसुवा ,इलाम,सिन्धुपाल्चोक ,नुवाकोट मकवानपुर , चितवन लगाएत देसका विभिन्न स्थान बाट अाइपुगेका सयौं भक्तजनहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो।

सोही गुम्बाको मतहतमा रहेको बिधापिठकी प्रिन्सिपल अानी साम्तेनले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई बिच बिचमा बुद्ध भजन गाएर गायिका बिनिता रसाइलीले उपस्थित सम्पुर्ण भक्तजनलाई मनोरञ्जन दिलाएको थियोे भने कार्यक्रम सञ्चालिका अानि याङ्चेन डोल्माले पनि रोचक सायरीका शब्दहरु पस्केर दर्शक दिर्गको मन तानेकी थिइन् ।

प्रमुख अतिथि जिसीले वास्तवमा धर्म बुझ्ने हो भने अन्य धर्म भन्दा बौद्ध धर्म पृथक मात्रै नभइ सम्पुर्ण प्राणी जगतको कल्याण हुने खाल्को धर्म रहेकोले बौद्ध धर्मको त्रिपिठक अनुसार पञ्चसिलको अनुसरण गर्न सके सबै प्राणी जगतको कल्याण हुने बताए ।
साथै प्रमुख अतिथि तथा अन्य जनप्रतिनिधि अतिथिहरुले सो क्षेत्रमा बौद्ध गुम्बा हुनु र विभिन्न समयमा यसरी धार्मिक कार्यक्रम गरेर समाजलाई सतकर्ममा लाग्न ठुलो योगदान दिदै अाएकोले सोको निरन्तरताको निम्ति अाफुहरुले स्थानीय सरकारको तर्फबाट सक्दो बजेट बिनियोजन गर्ने प्रतिबद्धता सामेत जाहेर गरे ।

कार्यक्रमको बिचबिचमा धर्मगुरुहरुले प्रवचन सहितको मन्तव्य राख्नु भएको थियो भने बिधापिठका नानी बाबुहरुले अा-अाफ्नो नृत्य तथा गायन पस्केर उपस्थित श्रद्धालु भक्तजनहरुलाई मन‍‍ोरन्जन दिलाएका थिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution