ह्योन्जन वंश प्रतिष्ठान काभ्रेको गठन,संयोजकमा डम्बर बहादुर योन्जन तामाङ

याम्बु – तामाङ हयोन्जन वंशवली तयार पार्ने मुख्य उद्धेश्यका साथ स्थापन भएको ‘ह्योन्जन वंश प्रतिष्ठान’ काभ्रे जिल्लाको पहिलो भेला बनेपामा सम्पन्न भएको छ |
भेलाले डम्बर बहादुर हयोन्जन तामाङको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको छ | जसअनुसार सदस्य सचिवमा बाबुलाल हयोन्जन तामाङ, सदस्यहरुमा दावा दोर्जे हयोन्जन तामाङ,मान बहादुर हयोन्जन तामाङ , देवराज हयोन्जन तामाङ , तिलकहयोन्जन तामाङ , सपना हयोन्जन तामाङ , भोज बहादुर हयोन्जन तामाङ , दोर्जे हयोन्जन तामाङ , सुनिता हयोन्जन तामाङ, नरेश हयोन्जन तामाङ, बिश्व हयोन्जन तामाङ ,धर्मचन्द्र हयोन्जन तामाङ , मान बहादुर हयोन्जन तामाङ र अमृत हयोन्जन तामाङ रहेका छन् |
काभ्रे कोशीपारी, डाँडपारी लगायत विभिन्न भेगका हयोन्जनहरुको सहभागी रहेको कार्यक्रम बिर बहादुर हयोन्जन तामाङको सभापति र कुमार हयोन्जन तामाङको प्रमुख आतिथ्यमा भएको थियो |
कार्यक्रम रुप बहादुर हयोन्जन तामाङले संचालन गरेका थिए |