काठमाडौंमा उधौँली उधौँली पर्वको रौनक (फोटो सहित)

काठमाडौं । किराँतीको महान् चाड उधौँली पर्व मनाइएको छ । प्रत्येक वर्ष मङ्सिर पूर्णिमाको दिनदेखि मनाइने उधौँली यस वर्ष पनि किराँत समुदायले विभिन्न कार्यक्रम गरी मनाउन शुरू गरेका छन् ।
राई, लिम्बू, याख्खा, सुनुवार र भुजेल जातिले आआफ्नै तरिकाले मनाउन थालेका छन् । राई जातिले उधाँैली साकेला, लिम्बू जातिले चासोक तङनाम (न्वागी पूजा), याक्खा जातिले चासुवा, सुनुवार जातिले फोलस्याँदर र भुजेलले भुजेली पर्वको नामले यो पर्व मनाउने गरेका छन् ।
मङ्सिरे पूर्णिमाका दिन नयाँ अन्न आफ्ना दिवङ्गत पुर्खा र आ–आफ्ना आस्थाका भगवान्लाई चढाएर न्वागी पूजा गर्ने चलन छ ।
लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङनाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । परम्परादेखि घरघरमा चासोक तङनाम मनाउँदै आए पनि पछिल्लो समय यसलाई चार किराँतीले आफ्नै शैलीमा सामूहिक माङहिम र स्थलमा भेला भई मनाएका छन् ।
युवा सार्वजनिक स्थानमा भेला भई परम्परागत जातीय खेल ‘पक्लुङ’ (छेलो), सामूहिकरुपमा केलाङ (च्याब्रङ) बजाएर ‘छुई छुई हा, सरलाइमा सर’ भन्दै नाच्छन् । राजधानीमा बस्दै आएकाहरुले ललितपुरको नख्खीपोटमा ‘यालाङ’ (धाननाच) नाचेका छन् । अनलाइनखबर |