साईप्रसमा सोनाम ल्होछार मनाउने अन्तिम तयारी

नेपाल तामाङ घेदुङ साईप्रसले मन्जु श्री संम्बद २८५५ ड्वा ल्हो (सुङगुर वर्ग) सोनाम ल्होछार यहि आउदो फेब्रुअरी ३ मा लिमासोल शहरमा भव्यताको साथ मनाउने भएको छ |
ल्होछार कार्यक्रममको नेपालबाट आमन्त्रित कलाकार लागि ‘पहिलो नेपाल आईडल’ बुद्ध लामा र चर्चित म्हेन्दो माया / सेलो गायक सुमन घले रसुवाली आउने हुने भएको छ |वहाँहरुको साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने साईप्रस घेदुङले बताउनु भएको छ |
आफ्नो तामाङ जातिको उत्थान भाषा, धर्म, संस्कार ,संस्कृति र आफ्नो जातीगत झल्काउने भेष भुषा पहिचानलाई प्राथमिकता दिएर स्थपना काल देखिनै तामाङजातिको महान चाड ल्होछारलाई तामाङ घेदुङ साईप्रसले मनाउदै आईरहेको छ ।
यो वर्षपनि ल्होछारको लागि तयारी तिब्रगतीमा हुदैछ र यसै अनुरुप ल्होछारको अन्तिम तयारीको लागि जनवरी ६ तारीकका दिन लिमासोलमा अन्तिम बैठक बोलाएको छ |
बैठकमा घेदुङ आबद्ध ज्योज्यो आले नाना आङाहरुलाई जनवरी ६ मा छुट्टी मिलाएर भेटघाट तथा ल्होछार सम्बन्धि सरसल्लाह गर्नको निमित्त लिमासोलको गोर्खा किचेन रेस्टुरेन्टमा बिहान ११ बजे उपस्थित हुनाको लागि हार्दिक अनुरोध गरेको छ |