नेपाल तामाङ घेदुङ इजरायलको हार्दिक निमन्त्रणा

नेपाल तामाङ घेदुङ इजरायलले बिगतका बर्षमा झैं यस बर्ष पनि नेपालबाट आमन्त्रित ख्याती प्राप्त बहुचर्चित देशबिदेशमा चिरपरिचीत कलाकार द्वोय राष्ट्रिय सेलो गायक प्रेम लोप्चन तामाङ ज्यु र राष्ट्रिय म्हेन्दोमाया गायक रोशन फ्युवा तामाङ ज्युको बेजोड सांगेतिक कोसेली र स्थानीय कलाकारहरुको धमकाको साथमा दर्शक पाहुनाहरुलाई संगितमय बनाउदै महिनौको थकानलाई मेटाउदै झुमाउन नचाउन र सोनाम ल्होछारको पावन अवसरमा साथिसंगी, इष्टमित्र,आफन्त जनसँग एकआपसमा शुभकामना आदनप्रदान गर्न यहि आउने फेब्रुअरी ८ तारीख शुक्रबार साँझ तेल अभिवको याद यारुचिम १५ EVE हलमा नेपाली स्वादिष्ट खाना रात्रि भोजको साथमा तामाङहरुको महान राष्ट्रिय चाड २८५५ फाग \ ड्वा ल्हो (सुँगुर) वर्ग सोनाम ल्होछार सांस्कृतिक साँझ कार्यक्रम २०१९ मनाउने भएको छ |
आफ्नो धर्म,कला संस्कृति,रितिरिवाज,लिपि, भाषा,भेषभुषा,संरक्षण र सम्बर्द्धन \जगेर्ना गर्ने मुल उद्देश्यले स्थापना भएको संस्थाले स्थापना कालदेखि नै राष्ट्रिय पहिचान सहित हक अधिकारको सुनिश्चितता निमित्त बुलन्द आवज उठाउदै विभिन्न कार्यक्रम गर्दै आइरहेका छ |
इजरायलवासी ल्होछार प्रेमी समस्त नेपाली तामाङ ज्योज्यो आले ,नाना आङ गैर तामाङ दाजुभाइ तथा दिदीबहिनीहरुलाई नेपाल तामाङ घेदुङ इजरायल परिवार हार्दिक (चुले निम्तो ) निमन्त्रणा गरेको छ |