हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष : मन्त्री पण्डित

इटहरी- सङ्घीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले धार्मिक विविधता एवं जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष भएको बताएका छन्।

मोरङ सुन्दरहरैचा नगरपालिका गोठगाउँमा पौडेल वंश प्रतिष्ठानद्वारा आज आयोजित श्रीमद् वाल्मिकी रामायण नवाह महायज्ञको उद्घाटन कार्यक्रममा उनले भने, “जातीय एकता र सहअस्तित्वबीचको मिलन तथा एक अर्काको धर्मसंस्कार र संस्कृतिप्रति समान सद्भाव राख्न सक्नु नै हामी नेपालीको विशिष्ठ पहिचान हो ।”

यसैगरी सुनसरीको इटहरीस्थित षडानन्द स्मृति प्रतिष्ठानको १८४आैं जन्मजयन्ती समारोहमा प्रदेश नं १ का सभामुख प्रदीप भण्डारीले नेपालको इतिहासमा आवाल ब्रहमचारी बालागुरु षडानन्द अधिकारीको विशिष्ठ योगदान रहेको कुरा नेपालले कहिल्यै बिर्सन नहुने बताए ।

नेपालको शिक्षा आन्दोलनमा बालागुरु षडानन्द अधिकारीका विशेष र महत्वपूर्ण योगदान रहेको कुरामा जोड दिँदै उनले भाषाको जननी संस्कृत भाषाप्रति गम्भीर ध्यान दिनुपर्ने बताए ।

षडानन्द प्रतिष्ठानका अध्यक्ष टीकाप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विदुषी वृन्दा बराल निरौलालाई दोसल्ला ओढाएर सम्मान गरियो | 

रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution