प्रस्तावित राजदूतको नाम संसदीय समितिबाट अनुमोदन

काठमाडौं । सरकारले विभिन्न चार वटा देशको राजदूतका लागि सिफारिस गरेका नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ । समितिको आइतबारको बैठकले चारै जनाको नाम अनुमोदन गरेको हो ।
राजदूतमा अनुमोदन हुनेमा भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल रहेका छन् ।
उनीहरुको नाम समितिको बैठकले सर्वसम्मतिले अनुमोदन भएको हो ।