मेक्सीकोकी भनिसा पोन्स बनिन् मिस वर्ल्ड २०१८

मेक्सिकोले यस वर्षको मिस वर्ल्ड २०१८ को उपाधि जितेको छ। मेक्सिकोका लागि भनिसा पोन्स सो उपाधि जितेकी हुन्।
चीनको सान्यमा जारी प्रतियोगितामा २० वर्षिया मिस मेक्सिको भनिसा बेलारूस, यूगाण्डा, जमाइका तथा थाइल्यान्डका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा जमाएकी हुन्।
मिस वर्ल्ड २०१७- मानुषी चिल्लर उनलाई आफ्नो ताज हस्तान्तरण गरेकी हुन्।
नेपालकी श्रृखला खतिवडा मिस वल्र्डको टप १२ बाटै बाहिरिएकी थिइन ।
उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् । टप १२ मा परेपछि शृंखलाले सगरमाथाबाट स्काइडाइभ गर्ने प्रतिक्रिया दिएकी थिइन् ।
यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् ।