हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

भ्रष्टाचार मुद्दामा किन तानिए पूर्वमन्त्री विक्रम पाण्डे

अख्तियार दूरूपयोग अनुसन्धान आयोगले शुक्रवार पूर्वमन्त्री समेत रहेका निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डे सहित २१ जनाविरूद्र बाँके जिल्लाको सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

दायर मुद्दामा राप्रपा (प्रजातान्त्रिक) नेता समेत रहेका पाण्डेले २ अर्ब १३ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

अख्तियारले मुद्दा दायर गरेकाहरूमा हालका उक्त आयोजना प्रमुख र तीन जना पूर्व आयोजना प्रमुखहरू समेत छन्।

आयोजनाको मूल नहर भत्किनुमा डिजाइनदेखि नै त्रुटी पाइएको

-परीक्षणकै क्रममा नहर भत्कँदासमेत पुर्नपरीक्षण नगरिएको

-नहर निर्माणमा प्रयोग हुने माटोको गुणस्तर परीक्षण र त्यसको उपयुक्तता र विस्तृत आयोजना प्रतिवेदन बिनै गुणस्तर कायम राख्न आवश्यक व्यवस्थाहरू नगरी सम्झौता तयार पारिएको

-थुप्रै वर्षदेखि सतहमै देखिएको घुलनशील र गुणस्तरहीन माटोको पक्षलाई नजरअन्दाज गरिएको

-सम्झौता पत्रमा उल्लेख गरिएका थुप्रै परीक्षणहरू समेत नगरिएको

-५० घनमिटर पानी धान्ने भनिएको नहर त्यसको क्षमता देखाउन नसकी थुप्रैपटक भत्किएको

पाण्डे भन्छन्- अभियोगको सामना गर्छु

-सम्झौता अनुसार नै सरकारी पक्षसँग बसेर कामहरू भएको छ।

-नेपालमा उपलब्ध भएसम्मका सबैखाले जाँच गरिएका छन्।

-घुलनशील माटो भएका ठाउँमा नहर भत्कनुबाहेक अन्य कतै समस्या देखिएको छैन। संरचनाहरूमा कतै समस्या छैन। माटोको त्यस्तो जाँच गर्नुपर्ने कुरा हाम्रो सम्झौतामा थिएन र अन्यत्रबाट माटो ल्याउने कुरा पनि थिएन।

-जुन बाटोबाट नहर खन्न भनिएको थियो त्यहींबाट खनिएको छ। त्यहाँ घुलनशील माटो भएकोबारे त्यसअघि कसैलाई थाहा थिएन।

-जस्तो खालको माटो जाँचको कुरा उठाइएको छ, त्यस्तो अहिलेसम्म नेपालमा कतै गरिएको छैन।

-माटोको नहर भएकाले यो मर्मत गरिरहनुपर्छ। हामीले हस्तान्तरण गरेकै तीन वर्ष भइसकेको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution