हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

निर्मलाको घाँटी दबाएर हत्या मैले नै गरेको हो – प्रदीप रावल

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा भीमदत्त नगरपालिका–१८ भगतपुरका प्रदीप रावलकै संलग्नता रहेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । उच्च प्रहरी स्रोतका अनुसार रावललले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । यद्यपि प्रहरीले यसबारे औपचारिक धारणा भने सार्वजनिक गरेको छैन । गत साउन १० गते आफ्नो घरबाट साथीको घरमा जान हिँडेकी भीमदत्तनगर–२ की १३ वर्षीय किशोरी निर्मला पन्त साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

उनको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट पुष्टि भएको थियो । निर्मला हत्याको आरोपमा मंगलबार साँझ काठमाडौंबाट भीमदत्त नगरपालिका–१८ का प्रदीप रावललाई सीआईबीको टोलीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार १८ वर्षीय रावल लागु औषध दुव्र्यसनी हुन् । प्रदीपका आमाबुबा दुवै भारतको बैंङ्ग्लोरमा रोजगारी गर्दै आएका छन् । स्रोतका अनुसार साउन १० गतेसम्म महेन्द्रनगरमै रहेका प्रदीप साउन ११ गते गड्डाचौकी नाका हुँदै भारतको खटीमा गएका थिए । खटीमामा प्रदीपको मामाघर भएको बताइएको छ ।

झण्डै १० दिन भारतमा बसेपछि प्रदीप फेरि महेन्द्रनगर आएपछि हामीले समातेका थियौं– साउन २० गते । पछि उनलाई तारेखमा छाडिएको हो । त्यसपछि उनी फेरि हराए,’’ स्रोतले भन्यो । साउन १० गते प्रदीपले साथीहरुसँगै लागुऔषध सेवन गरेका थिए । घटनास्थल वरपर नै उनीहरुले लागुऔषध सेवन गरेको हुनसक्ने बताइएको छ । स्रोतले भन्यो, ‘‘लागुऔषध सेवन गरेपछि प्रदीपले ‘आज त बढी भयो यार’ भनेका थिए ।’’ प्रदीप पक्राउ परेपछि प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको उपस्थितिमा बयान लिइएको थियो । प्रदीपले बयानका क्रममा आईजीपी खनालकै अघि भनेका थिए, ‘‘हत्या मैले नै गरेको हुँ । पक्राउ पर्ने डरले भाग्दै आएको थिएँ ।’’

प्रदीपले निर्मलाको घाँटी दबाएर हत्या गरेको बयानमा उल्लेख गरेको बताइएको छ । घटना स्वीकार गरेका रावलको डीएनए परीक्षणका लागि नमुना संकलन गरेर प्रयोगशालामा पठाइएको छ । रिपोर्ट भने आएको छैन । एक प्रहरी अधिकारीले भने, ‘‘निर्मला हत्यामा प्रदीपको संलग्नताको कैयौं आधार र प्रमाण भेटिएका छन् । डीएनए पनि हेरिरहेका छौं । सबै कोणबाट अनुसन्धान गहिरिएर गरिरहेका छौं । डीएनए नै एकमात्र विकल्प नहुनसक्छ ।’’

स्रोतका अनुसार प्रदीपकै बयानका आधारमा कञ्चनपुरबट थप २ जना पक्राउ परेका छन् । भीमदत्तनगर नगरपालिका–१८ का दिनेश चौधरी र सन्दीप चौधरीलाई बिहीबार धनगढी विमानस्थलबाट काठमाडौं ल्याइएको छ । उनीहरुसँग पनि आईजीपी खनाल आफैंले सीआईबीमा पुगेर बयान लिएका थिए । स्रोतले भन्यो, “राति ११ बजेसम्म आईजी साब आफैं उनीहरुसँग बयान लिँदै हुनुहुन्थ्यो । साथमा अन्य अनुसन्धान अधिकृत पनि थिए ।’’ प्रहरी स्रोतका अनुसार प्रहरी यो घटनाको निचोडमा पुग्ने तयारीमा छ । प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने, ‘‘अनुुसन्धान न्यारोडाउन भएको छ । अनुसन्धान जारी छ । अहिले सबै कुरा भन्न मिल्दैन ।’’

स्थानीय भन्छन्– निर्दोष नफसुन्

यसअघि प्रहरीले निर्मला हत्यामा संलग्नताको आशंकामा स्थानीय दीलिप विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । तर, दीलिपको डीएनए म्याच नभएपछि उनी छुटेका थिए । हालसम्म निर्मला प्रकरणमा नौ जनाको डीएनए परीक्षण गरिएको छ । दीलिपलाई समातेपछि स्थानीयले निर्दोषलाई फसाउन खोजिएको भन्दै प्रदर्शन गरेका थिए ।

‘‘अहिले प्रहरीले देखाएको सक्रियता सकारात्मक छ । तर अपराधी छुटुन्, निर्दोष नफुसन् भन्ने हाम्रो माग हो,’’ निर्मलाका छिमेकी स्थानीय अगुवा अम्बादत्त तिवारीले भने । निर्मला हत्या प्रकरणको अनुसन्धानमा लापरवाही गरेको आरोपमा कञ्चनपुर प्रहरीका तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्ट बर्खासीमा परेका छन् भने अन्य केही प्रहरी निलम्बनमा परेका छन् । प्रहरीले निर्मला प्रकरणबारे केही दिनमै पत्रकार सम्मेलनमार्फत् जानकारी गराउने बताइएको छ ।   बार्हखरि बाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution