हेडलाईन

रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

यसपाली ग्याल्बो लोसार र सोनाम ल्होछार एकै दिन

याम्बु – यसपाली ग्याल्बो लोसार १ महिना अघि सरेर सोनाम ल्होछार संगै माघ २२ गते पर्न आएको छ | ग्याल्बो लोसार एक महिना अघि सरेको जानकारी दिंदै हिमालय शेर्पा सांस्कृतिक केन्द्रले प्रेस विज्ञाप्ति जारी गरेको छ |

हिमालय शेर्पा सांस्कृतिक केन्द्रले प्रेस विज्ञाप्ति जारी गरेर स्पस्ट पारेपनि विक्रम सम्वत क्यालेन्डर पंचाङग प्रकाशित भएर १० महिना हुँदा सम्म लोसार मनाउने समुदायको ध्यान नपुगेको भनेर सामाजिक संजालमा प्रतिक्रियाहरु आईरहेको पाइएको छ |

सामाजिक संजाल फेसबुकमा आएको केहि प्रतिक्रियाहरु

***
Pasang Sherpa Kyama

जहिले विरोध मात्र गर्छ भन्ने सोच्नु हुन्छ होला तर माफ गर्नु होला, तपाईहरुको कामनै त्यस्तो विरोधाभासपुर्ण हुने भएकोले त्यस्तो लाग्नु स्वभाविक नै हो ।

विक्रम सम्वत क्यालेन्डर पंचाङग त हरेक साल चैत्र महिनामै सार्वजनिक हुन्छ अनि त्यही अनुसार धतुमा ग्याल्पो ल्होसार गलत मितिमा राखिएको भए ८/९ महिनासम्म तपाईंहरु कहाँ निदाउनु भएको थियो? परदेशमा अवश्था नेपालको जस्तो हुदैन, परदेशमा सबैको पायक पर्ने समय लगायत एकअर्काको कार्यक्रम नजुधोस भनेर धेरै कुराहरु ध्यानमा राख्नु पर्ने हुन्छ र सोही अनुसार कार्यक्रमहरु तय गर्नु पर्ने वाध्यताहरु समेत हुन्छ । हगि सकेर दैलो देख्ने भनेझै अन्तिम समयमा आएर यसरी विज्ञप्ति निकाल्दा तपाईहरुलाई सजिलो भए पनि कार्यक्रम घोषणा गरिसकेकोहरुलाई अलि समस्या पर्न सक्छ भन्ने हेक्का राखिनुपर्थ्यो ।

***

ङवाङ कुसाङ शेर्पा गोपर्मा

शेर्पा किदुग दोहा कतारले ल्होसारको लागि अनलाईन न्युज प्रकाशन भए पछि हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले प्रेस विज्ञप्ति निकाल्नु र GSA को अध्यक्षको signature देख्दा खाडीमा रहेको शेर्पा किदुगहरुको अपमान गरेको महसुस गर्छु। तर यो विज्ञप्ति कुनै पनि follow गरिदैन।

***
Hari Nepalee

बिक्रम संवत वाला पात्रो र भोट चन्द्र पात्रो बीच समन्वय गरेर एउटै पात्रोमा सही सुचना संलग्न गराउन किन सक्दैनन मुलाका सागहरु

***
Tenjeen Sherpa

यो प्रेस बिज्ञाप्ती अली छिटो जारी गर्‍यो । माघ २१ तिर प्रेस बिज्ञाप्ती निकालेको भए सुन्दर हुने “ ब्रिन्द बनको राजा रानीहरुले “ नौटङ्की भन्दा अरु केही जान्दैन् घर देशमा हुनेहरु आफु आफुले तोकेको मितीमा लोसार मनाउ सक्की गो । अमेरिका तिर जहिले पनि बैशाख तिर मनाउँछ ।
***
Nuru Pinasa Sherpa

चैतमा निकालेको पात्रो हेर्न माघ महिनाको लोसार मनाउने बेलामा मात्र देखेर अब यो ध्यानाकर्षण गराउनको लागि हस्ताक्षर गर्ने हरु यसपालिको सोनाम लोसार र ग्याल्पो लोसार संगै मनाइ सके पछि पशुपतिमा गएर शिव लिङ्ग ढोगेर आए आखा बेलैमा तेजिलो हुन्छ |

***
Kusang Sherpa

सम्बन्धित संस्थाले शेर्पा समुदायको यति ठूलो महान चाड मनाउने मिति यसरी अन्तिम अवस्थामा आएर सार्वजानिक गर्नुले हामीलाई पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा असर परेको अवस्था छ! अब देखि सम्बन्धित संस्थाले मिति सार्वजानिक गर्दा 6 महिना पहिला नै मिति सार्वजानिक गरी दिनु हुन अनुरोध गर्दछु !

***
Sherpa Pemba Gelbu

मिलीजुली मनाऔं सबै, मिलाई जुराई नअंगालौं सबै,, धार्मिक सहिष्णुता र सामाजिक सदभाव कायम राखौं विश्व भाईचारामा सघाउ पुराऔं, लाभ नै हुन्छ सबैलाई ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution