हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इयूले किन राख्यो नेपाली जहाजलाई कालोसूचीमा?

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री रवीन्द्र अधिकारीले नेपाली वायुसेवा कम्पनीका जहाजलाई युरोपिएन युनिएन (इयू) ले राखेको सुरक्षा चासो सूची (कालोसूची) बाट बाहिर निकाल्न सरकारी तहमा संवाद भइरहेको बताइरहेका छन्। तर मन्त्रीको यस्तो अभिव्यक्तिसँगै उड्ययन व्यवासायीहरु कालोसूचीबाट बाहिर आउन सरकारले पर्याप्त यत्न नगरेको भन्दै असन्तुष्ट छन्।

‘मन्त्रीले भाषणमा भन्ने कुरा एउटा भयो, तर किन नेपाललाई कालोसूचीमा पारियो भन्ने काराण सरकारले पहिल्याउन सकेको छैन,’ उड्डयन क्षेत्रका एक अनुभवी व्यवासयीले नेपाल लाइभसँग भने, ‘कारणकै जरोमा पुग्न नसक्ने मन्त्रालयले रणनीतिक बनेर कालोसूचीबाट बाहिर निकाल्ला भन्ने झिनो आशा मात्र छ।’

आखिर इयूकाे कालोसूची किन?

उड्ययन क्षेत्रका भुक्तभोगीहरुका अनुसार विश्वभर जहाजको उडान अर्थतन्त्र र यसको सेरोफेरोमा व्यापार–राजनीति स्वभाविक ठहर्छ। ठूला र शक्तिशाली देशहरुले रणनीतिक रुपमा जहाज बेच्ने, उडाउने परिचक्रमा आफ्नो व्यापारिक स्पर्धा गरिरहेका हुन्छन्।

‘खासमा भन्ने हो भने नेपाली जहाजहरु चीन र इयूको यही व्यापारिक लडाईंको चेपमा परेका हुन्,’ ती अनुभवी व्यवसायीले भने, ‘हाम्रा मन्त्रीले इयूलाई रिझाउन छोडेर, हामी तिमीहरुको उड्डयन व्यापारलाई पनि कालोसूचीमा राख्छौं भनेर ‘स्ट्यान्ड’ लिएको केही समयमा नै हामी कालोसूची बाहिर आउँछौं।’

सन् २०१३ डिसेम्बर अगाडि नै आइकोओले नेपाली विमान  कम्पनीहरुलाई कालोसूचीमा राखेको थियो।

अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) ले नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाली विमान कम्पनीहरुको सेफ्टी एसिस्मेन्ट सन्तोषजनक नरहेको भन्दै कालोसूचीमा राखेको थियो। आइकाओले कालोसूचीमा राख्नकै बेला नेपाल एयरलाइन्सले चिनियाँ जहाज खरिद प्रक्रिया पनि अगाडि बढाएको थियो।

जब नेपाल एयरलाइन्सले आन्तरिक उडानका लागि भन्दै चिनियाँ जहाज खरिद गर्ने निर्णय गर्नेबित्तिकै इयूले नेपाली विमान कम्पनीहरुलाई कालोसूचीमा राखेको जानकारहरु बताउँछन्।

‘मान्नुहोस् या नमान्नुहोस्, चीनियाँ जहाज नै कालोसूचीको कारण हो,’ अर्का एक व्यवसायी पनि यसमा सरकार सचेत हुनुपर्ने र रणनीतिक रुपमा यो समस्या सुल्झाउनु पर्ने तर्क अघि सार्छन्।

नेपाल एयरलाइन्सले जब तराईको क्षेत्रमा उडान गर्नेगरी दुई वटा एमए ६० चिनियाँ जहाज खरिद गर्ने निर्णग गरे, त्यसको व्यापारिक स्वार्थको बाछिटा नेपालमा परेको भनाइ जानकारहरुको छ।

नेपालले चिनियाँ जहाज खरिदसँगै एटीआर जहाज उत्पादन गरी बिक्री युरोपको व्यापारमा तलमाथि हुने अवस्था आए पनि नेपाललाई धम्काउन कालोसूचीमा राखेको एक विमान कम्पनीका मालिकले नेपाल लाइभसँग बताए।

सरकारले युरोपबाट आयात हुने जहाज तथा त्यसको पार्टपुर्जामा लगाउँदै आएको भन्सार करमा कडाइ गर्नासाथ कालोसूचीको लफडा समाप्तितिर जाने राय उड्ययन प्राधिकरणका एक पूर्व महानिर्देशकको छ। ‘हाम्रा विमान कम्पनीलाई उडान प्रतिबन्ध लगाउन देशहरुबाट नै हामी जहाज खरिद किन गर्ने? हामीले आफ्नो व्यापार चौपट पार्दै उनीहरुको व्यापारलाई यहाँ प्रोत्साहन गर्ने काम बन्द किन नगर्ने?’

यसैबीच, मन्त्री अधिकारीले इयूले सुरक्षा चासो लिस्ट (कालोसूची) मा राख्नुको कुनै औचित्य स्पष्ट पारेका छन्। बुधबार मात्रै सिंहदरबारमा बसेको लेखा समितिको वैठकमा उनले भने, ‘मार्चभित्रमा इयूको कालोसूचीबाट हटाउने काम भइरहेको छ।’

इयूले भने कालोसूचीको खास कारण नेपाली आकाश सुरक्षित नहेको भन्दै आइरहेको छ | नेपाललाइभ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution