हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

पप्पुलाई कारबाही गर्ने उपमहानिर्देशक थापा इटहरी फालिए

काठमाडौं – ठेक्का लिएका अधिकांश आयोजना समयमा नसक्ने र निर्माण पनि गुणस्तरहीन गर्ने पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न भूमिका खेलेका सडक विभागका उपमहानिर्देशक अर्जुनजंग थापालाई सरुवा गरिएको छ।

 

१७ महिनादेखि सडक विभागको पुल महाशाखा प्रमुखको जिम्मेवारीमा रहँदै आएका थापालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यहाँबाट हटाएर संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय इटहरी पु¥याएको हो। विभागका कर्मचारीले पप्पुलाई कारबाही गर्न भूमिका खेलेको सजायस्वरुप थापालाई इटहरी सरुवा गरेको रूपमा बुझेका छन्।

केही दिनअघिसम्म पप्पुका संस्थापक सञ्चालक तथा हाल प्रतिनिधिसभाका निलम्बित सदस्य हरिनारायण रौनियारले थापाको सरुवा गराउने धम्की दिएको कर्मचारी बताउँछन्। मन्त्रालयले सोमबार थापासहित विभाग र मन्त्रालयमा कार्यरत १६ जना सहसचिवको सरुवा गरेको थियो। विभागका कर्मचारीले थापालाई पुल महाशाखा प्रमुखको जिम्मेवारीबाट हटाएर इटहरी पु¥याउनुलाई कारबाहीको रूपमा लिएका छन्।

‘लामो समयदेखि अटेरी गर्ने पप्पुलाई कारबाही गर्नु सानोतिनो आँट थिएन,’ एक उच्च अधिकारीले भने, ‘मन्त्रालयको इज्जतका लागि ठेकेदारलाई कारबाही थालेका उपमहानिर्देशकलाई मन्जुरीबिना सरुवा गरिनु सानोतिनो चलखेल होइन।’ थापा विभागका दोस्रो नम्बरका वरिष्ठ सहसचिव हुन्। विभागको प्रमुख महानिर्देशक हुन्छन्।

थापाभन्दा कनिष्ठ सहसचिवलाई भने मन्त्रालयले तुलनात्मक रुपमा सुगम ठाउँमा सरुवा गरेको छ। पुल महाशाखाको जिम्मेवारी सम्हालेदेखि नै थापाले पप्पु कन्सट्रक्सनको काम गर्ने तरिका ठीक नभएको भन्दै कारबाही गर्ने चेतावनी दिँदै आएका थिए। पटकपटकको निर्देशनलाई पप्पुले नटेरेपछि अघिल्लो वर्ष नै पुल महाशाखाले कालोसूचीमा राखी कारबाही गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयपछि पप्पु सर्वोच्च अदालत पुगेको थियो। सर्वोच्चका तत्कालीन प्रधानन्याधीश गोपालप्रसाद पराजुली र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले कालोसूचीमा राख्दा अन्य कुनै पनि कारोबार गर्नबाट वञ्चित हुने भएकाले पप्पुलाई कालोसूचीमा नराख्न अन्तरिम आदेश दिएको थियो। २०७४ मंसिर ३ गते सर्वोच्चको उक्त आदेशपछि पप्पु कालोसूचीमा पर्नबाट रोकिएको थियो।

पप्पुलाई कालोसूचीमा राख्नुपर्ने निर्णय गरी कारबाही प्रक्रिया अघि बढाउने विभागमा थापा पहिलो व्यक्ति हुन्। ‘पप्पुलाई कारबाही गर्नुपर्छ भन्ने मेरो एकल निर्णय भने थिएन,’ बुधबार उनले नागरिकसँग भने, ‘मेरो जिम्मेवारी नै देशभरिका पुलहरूको समन्वय गर्ने थियो। निर्णय गर्नुपर्ने थियो।’ सम्झौताअनुसार काम नगरेकाले पप्पुसँग पटकपटक विवाद भएको उनले स्वीकार गरे।

पप्पुले देशभरिका ३१ वटा पुल निर्माण गर्न विभागसँग सम्झौता गरेको छ। पप्पुले ठेक्का सम्झौता गरेका पुलमध्ये एउटैको अवस्था सन्तोषजनक नभएको विभागका कर्मचारी बताउँछन्। पप्पुले ती पुल बनाउन पाँच अर्ब रुपैयाँमा सम्झौता गरेको छ। ठेक्काको रकममध्ये करिब ४० प्रतिशत पप्पुले लिइसकेको छ। थापालाई सरुवा गरिएको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयमा वरिष्ठ सहसचिव पठाएको इतिहास नभएको कर्मचारी बताउँछन्। ‘त्यो कार्यालय (संघीय सडक सुपरीवेक्षण तथा अनुगमन) भनेको भर्खर बढुवा भएका सहसचिवलाई पठाउने ठाउँ हो,’ विभागका ती अधिकारीले भने, ‘यसपालि मन्त्रीज्यूले अचम्मै गर्नुभयो।’

थापाले सरकारी जागिर खाइसकेपछि खटाएको ठाउँमा जानुपर्ने बाध्यता रहेको बताए। ‘मन्त्रीज्यूले पूर्वप्रधानमन्त्री र आफ्नो ठाउँ भएकाले राम्रोसँग काम गर्ने व्यक्ति चाहिएको भन्दै सरुवा गरिएको बताउनुभएको छ,’ थापाले भने, ‘मन्त्रीज्यूले दुई महिनाका लागि इटहरी गएर सहयोग गरी दिनुस् भन्नुभएको छ।’

सर्वोच्चको अन्तरिम आदेशका कारण सडक विभागले पप्पुलाई कालोसूचीमा राख्न नसके पनि बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइले भने समयमै काम नगरेपछि पप्पुलाई कालोसूचीमा राख्ने निर्णय गरी सार्वजनिक खरिद अनुगमन कार्यालयलाई आग्रह गरिसकेकेको छ।

पप्पुलाई कालोसूचीमा राख्न केही दिनअघि सार्वजनिक खरिद अनुगमन कार्यालयले ४५ दिने सूचना सार्वजनिक गरेको छ। सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण (२३ किलोमिटर) गर्न पप्पुले लिएको ठेक्का अवधिमा जम्मा सात प्रतिशत काम गरेपछि आयोजनाले तीन साताअघि कालोसूचीमा राख्ने निर्णय गरेको थियो। पप्पुले ९८ करोड ९१ लाख रुपैयाँमा डुुडुवा शाखा नहर २८ महिनामा सक्ने सम्झौता गरेको थियो। नागरिक दैनिकबाट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution