हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

३८ दिनदेखि निगमको बोइङ मलेसियामा अलपत्र

काठमाडौँ — सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ विमान ३८ दिनदेखि त्यहाँको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेको छ । निगमको प्राविधिक स्रोतका अनुसार गण्डकी नाम दिइएको उक्त बोइङको इन्जिन एक्सरे गराउन कात्तिक ११ गते क्याप्टेन ओबी गुरुङ र दिपाल शेरचनले उडाएर काठमाडौंबाट क्वाललमपुर पुर्‍याएका थिए ।
‘दुई दिनमा मर्मत सकेर काठमाडौं ल्याइने भनिएको थियो,’ स्रोतले भन्यो, ‘व्यवस्थापनको बेलैमा निर्णय नगर्दा डेढ महिना भइसक्यो जहाज फर्किएन।’ क्लालामपुरस्थित निगमको विमान मर्मत गर्ने जिम्मा लिएको डेभिएसन कम्पनीले इन्जिन एक्सरे गर्दा थप प्राविधिक गडबडी देखाएको स्रोतले बतायो।

त्यो विमानको इन्जिनमा हुने सी डक्ट उपकरण नै इन्जिनियरले फेर्नुपर्ने सुझाव दिएका थिए। बोइङ कम्पनीका इन्जिनियरले पनि मलेसियन प्राविधिककै सुझावअनुसार विमान मर्मत गर्नुपर्ने भनेको छ। उक्त उपकरणको २ लाख डलर हाराहारी (२ करोड २५ लाख रुपैयाँ) लागत पर्ने भनिएको थियो। ठूलै रकम आवश्यक पर्ने भएपछि काठमाडौंस्थित निगम व्यवस्थापनले निर्णय लिन सकेन। ‘हामीसँग रकम पनि उपलब्ध भएन, अर्को कुरा त्यो उपकरण फेर्ने कि नफर्नेबारे बेलैमा निर्णय पनि दिन सकिएन,’ स्रोतले भन्यो, ‘बेलैमा व्यवस्थापकीय निर्णय दिन नसक्दा जहाज उता थन्किएको छ। पार्किङ चार्जको बिल दैनिक निगमको थाप्लोमा बढेको बढ्यै छ।’

निगमले ३० वर्ष पहिले दुइटा बोइङ विमान खरिद गरेको थियो। यीमध्ये कर्णाली नाम दिइएको एउटा पुरानो बोइङ बीबी एयरवेजले एक वर्षअघि लिलामी प्रक्रियामार्फत खरिद गरिसकेको छ। एक वर्षयता त्यो विमानबाट कमर्सियल उडान भएका छैनन्। ‘काठमाडौं विमानस्थलमै ग्राउन्डेड गरिएको बीबीको स्वामित्वको त्यो जहाजबाट सी डक्ट झिकेर मलेसियामा अलपत्र परेको विमानमा राख्ने कुरा पनि चलेको थियो तर त्यसो गर्न नमिल्ने रहेछ,’ स्रोतले कान्तिपुरसँग भन्यो, ‘हामीले नै बिक्री गरेको विमान तर पूरा स्वामित्व हस्तान्तरण नभइसकेकाले बीबीबाट त्यो उपकरण झिकेर हाल्दा विवाद हुने भएकाले त्यसो गर्न पनि सकिएन।’

कमर्सियल विभागका एक अधिकारीका अनुसार निगमको यो विमान हङकङ र दुबईबाहेक प्राय: सातामा ३/३ दिन भारतको बैंगलोर र थाइल्यान्डको बैंकक उड्थ्यो। बैंगलोरको दुईतर्फी उडानमा यसले ३७ लाख हाराहारी र बैंककको उडानमा ५० लाख हाराहारीको आम्दानी गथ्र्यो। यो विमान मलेसियामा थन्किएपछि अहिले एयरबसका न्यारो र वाइडबडीमार्फत ती रुटमा उडान मिलाइएको छ।

बोइङका लागि मात्रै निगमसँग ६ जना वरिष्ठ पाइलट छन्। जहाज नै नभएपछि उनीहरू घरै बसेर जागिर खान बाध्य भएका छन्। जहाज नउडदा निगमले कम्तीमा ४५ उडान घण्टा बराबरको पारिश्रमिक दिनुपर्छ। ‘यो विमानकै लागि करिब २० जना सर्टिफाइड एयरहोस्टेस छन् तर उनीहरूलाई अर्को प्रकारको पनि विमानमा उड्ने प्रमाणपत्र हुने भएकाले समस्या भएन तर बोइङको पाइलटले अर्को विमान उडाउन नमिल्ने भएकाले यो बेर्थैकै दायित्व थपिएको छ,’ निगमको फाइन्स विभागका एक अधिकारीले भने।

यसैबीच यसै विमानको एउटा करोडौं मूल्यको इन्जिन आइबेरियामा मर्मतका लागि ५ वर्षअघि पठाइएको थियो। उक्त इन्जिनबारे निगमको इन्जिनियरिङ विभाग र व्यवस्थापन बेखबर छ। ‘पेमेन्ट गर नत्र तिमीहरूको इन्जिन सिज गरिदिन्छौं भनेर उताको पाटीले इमेल पठाएको बैठकहरूमा पहिले पहिले सुनिथ्यो तर अहिले त्यो इन्जिनको अवस्था पनि के छ? हामीलाई केही जानकारी नै छैन,’ सम्बद्ध स्रोतले भन्यो।

इकान्तिपुर






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution