हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

सामाजिक सुरक्षा योजना : चुनौती कति ? कार्यान्वयन कसरी ?

काठमाडौं – सरकारी सेवामा रहेकाले मात्र होइन, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक र स्वरोजगार रहेका व्यक्तिले समेत पेन्सन र उपदान पाउने गरी सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएको छ ।

मंसिर ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक शुभारम्भ गरेपछि यो योजना लागू भएको हो ।

अहिले धमाधम रोजगारदाताको सूचिकरण गर्ने काम भैरहेको छ । रोजगारदाताको सूचिकरण भएपछि कामदारको सूचिकरण हुन्छ । त्यसपछि कोषको कार्यालय स्थापना गरेर योगदानको आधारमा श्रमिकको रकम जम्मा गर्ने काम सुरु हुन्छ ।

नयाँ युगको थालनी भनेर संज्ञा दिएको सरकारले यो योजनाबाट श्रमिक सहित सबै नेपालीलाई फाइदा पुग्ने दावी गरेको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना श्रमिक र रोजगारदाताले गरेको योगदानका आधारमा आकश्मिक रुपमा आइपर्ने समस्याको निराकरण गर्न र भविष्यलाई सुरक्षित बनाउन अगाडि सारिएको सुरक्षा कार्यक्रम हो । पहिलो चरणमा यस योजनाले औपचारिक क्षेत्रको प्रतिष्ठानस्तरका श्रमिकहरुलाई समेट्ने छ । दोश्रो चरणमा अनौपचारिक र स्वरोजगारलाई समावेश गर्ने तयारी छ ।

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा वृद्ध अवस्था सुरक्षा योजनाका लागि रोजगारदाताले श्रमिकको न्युनतम पारिश्रमिकबाट निश्चित प्रतिशत जम्मा गरिदिने र व्यक्ति स्वयमले पनि योगदान गरेको रकमबाट पेन्सन या उपदान लिन सक्ने व्यवस्था गरिएको छ । सरकारले यो कार्यक्रम घोषणा गरेसँगै श्रमिक र रोजगारदाता पनि उत्साहित छन् ।

श्रमिकका लागि विभिन्न स्किमसहितका सेवा सुविधा छन् । यो कार्यक्रम पूर्ण रुपमा लागू भयो भने श्रमिकका लागि साच्ँचै नयाँ युगको सुरुवात हुनेछ । तर अनौपचारिक क्षेत्रमा श्रमिकलाई समेत समेट्नु र करोडौं रुपैयाँ जम्मा हुने कोषको व्यवस्थापन र परिचालन चुनौतीपूर्ण छ । सरकारले भने पूर्ण तयारी गरेरै कार्यक्रम सुरु गरेकाले कार्यान्वयन हुनेमा ढुक्क हुन आग्रह गरेको छ ।

उज्जायलो अनलाइन |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution