हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

मदर मुन असल व्यक्ति हुन्, क्रिश्चियन धर्म विरोधीहरु आफैँ समाप्त हुन्छन् : नेपाल

मदर मुन असल व्यक्ति हुन्, क्रिश्चियन धर्म विरोधीहरु आफैँ समाप्त हुन्छन् : नेपाल

फाइल फोटो

केही दिन अघि नेपालमा सम्पन्न एसिया प्यासिफिक समिट विवादमा परेको छ । समिटमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल आमन्त्रण समितिको संयोजक थिए भने प्रधानमन्त्री केपी ओली र सरकार सहयोगी बनेको थियो । त्यसप्रति रोष प्रकट गर्दै रावलले शीर्ष नेतृत्वलाई राष्ट्रिय हित, कूटनीतिक मर्यादा र परिणामको हेक्का राख्न सुझाएका छन् । समिटको विषयका केन्द्रित रहेर संयोजनक नेपालसँग ऋषि धमलाले कुराकानी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा गरिएको कुराकानीको सम्पादित अंश र पूरा भिडियो यहाँ प्रस्तुत गरिएको छ ।

माधवकुमार नेपाल, वरिष्ठ नेता, नेकपा

तपाई एसिया प्यासिफिक समिटको पक्षधर । तर यो समिटका कारण तपाई नै विवादमा पर्नुभयो नि ?

मेरो विषयमा विवाद गर्नुपर्ने विषय होइन । किनभने युनिभर्सल पिस फेडेरेसशन भनेको संयुक्त राष्ट्र संघमा दर्ता भएको संस्था हो । यो संस्थाले विश्वभरमा आफ्नो गतिविधी फैल्याउँदै आएको छ ।

तर उक्त संस्था त विश्वभर नै विवादित मानिन्छ नि ?

खै कसले भन्यो भने बदनाम हुने कसले भन्यो भने सुनाम हुने मैले बुझेको छैन । उक्त संस्थाले सेनेगलमा गरेको कार्यक्रममा म पनि गएको थिएँ । त्यहाँका राष्ट्रपतिले नै सहयोग गरेका थिए ।

फेडेरेसनले कार्यक्रम गर्नुको उद्धेश्य भनेको क्रिष्चियन धर्म प्रचार गर्नका लागि हो नि ?

त्यस्तो होइन, यो संस्थाले कार्यक्रम गर्दा धर्म विशेष हुँदैन । सबै धर्मका मान्छेलाई बोलाइन्छ । भारतका पूर्व प्रधानमन्त्री देवे गौडा अव क्रिष्चियन हुनुभयो त ? यस्तो खालका वाइयात कुराको अर्थ छैन ।

तर तपाईकै दलका नेताहरुले पनि समिटको विरोध गरे नि ?

कसैले व्यक्ति विशेष धारणा राख्न सक्छ । निजी कुरा छोडिदियौँ ।

एकपटक प्रधानमन्त्री भइसकेको व्यक्ति, फेरी पनि प्रधानमन्त्रीको दावी गर्न लायक व्यक्तिले यसरी क्रिष्चियन धर्मलाई आत्मसाथ गर्दा अप्ठ्यारो पर्दैन ?

यस्तो नचाहिने कुरा नगरौँ । यो कार्यक्रममा सहभागि हुँदैमा क्रिष्चियन हुने होइन । विगतमा गिरिजाप्रसाद कोइरालाले पनि यो संस्थाको कार्यक्रममा सहभागि भएर अवार्ड ग्रहण गर्नुभएको थियो । त्यतिबेला विवाद नगर्ने अहिले कम्युनिष्टको सरकारको हुँदा किन विवाद गर्ने ?

यो समिटले नेपाललाई के फाइदा भयो त ?

समिटले त नेपालको पर्यटन क्षेत्रको प्रमोसनमा ठूलो योगदान गरेको छ । विभिन्न देशका प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु आएर विभिन्न ठाउँको भ्रमण पनि गरे । विभिन्न धर्म मान्ने विशिष्ट पाहुनाहरु नेपाल आउनु त देशका लागि राम्रो पक्ष हो नि । यति ठूलो कार्यक्रम गरेर ४५ देशका १५ सय मानिस नेपाल आउँदा पर्यटन क्षेत्रको प्रमोशन हुँदैन ?

प्रधानमन्त्री केपी ओलीलाई सफल भनेर अवार्ड नै दिइयो । यसलाई कसरी लिनुहुन्छ ?

यो त खुशी हुनुपर्ने कुरा हो नि । नेपालमा एक लाख डलर आएको छ । पुरस्कार रकम युवा र बालबालिकाको हितमा प्रयोग गर्छु भन्नुभएको छ । त्यसैले यो कार्यक्रम र अवार्डलाई विवादमा पार्नुहुँदैन ।

रिपोर्टस नेपाल






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution