घलेम्दी हाइड्रोपावरको १५ लाख ५५ हजार ७७० कित्ता शेयर बजारमा आउदै
काठमाडौं : घलेम्दी हाइड्रोपावर लिमिटेडले १५ लाख ५५ हजार ७७० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले स्थानीय बासिन्दाले नकिनेको ४ लाख ५५ हजार ७७० कित्ता सेयरसमेत थपेर सर्वसाधारणलाई १५ करोड ५५ लाख ७७ हजार रुपैयाँको आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।
घलेम्दीले यसअघि असार २२ देखि साउन २२ गतेसम्म स्थानीयका लागि ५ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमा ९४ हजार २३० कित्तामा मात्र आवेदन परेको थियो । यो आइपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ ।
यसमा भिबोर क्यापिटलले बिक्री प्रबन्धकको काम गर्दैछ । कम्पनीले म्याग्दीको घलेम्दी खोलामा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको कुल लागत ९४ करोड रुपैयाँ अनुमान गरिएको छ ।