इजरायलमा नेपालीको लागि केयरगिभर र होटलमा छिटै भिषा खुल्दै – राजदुत निरन्जन थापा

१६ मङ्सिर २०७५ , तेलअविव – इजरायलको लागि नेपाली महामहिम राजदुत निरन्जन थापाले अब इजरायलमा नेपाली कामदारको लागि फलामको ढोका खुलेको बताउनु हुदै रोजगार भिषा छिटै खुल्ने जानकारी दिनु भएको छ |
एनआरएनए इजरायलको ११ औ वार्षिकोत्सव तथा बिदाई समारोह कार्यक्रमममा शुभकामना मन्तव्य दिने क्रममा सोको खुलास गरेका हुन् |
पहिल्लो समयमा केयरगिभर भिषा लामो समय देखि बन्द रहेको छ | राजदुत थापाको अनुसार नेपालीको लागि केयरगिभरको साथै होटेलमा समेत रोजगारीको लागि भिषा खुल्ने बताउनु भएको छ |
सुरुवातमा इजरायलले नेपाली कामदारहरुलाई केयरगिभर ,कृषि र होटेलमा भिषा दिएको थियो | पछिल्लो समयमा होटल र कृषि क्षेत्रमा भिषा बन्द गर्दै अन्तमा केयरगिभरमा समेत बन्द गरेको थियो |
प्यालेस्टाइन र इजरायल बिचको सम्बन्धमा नेपालले इजरायलको समर्थन वा भोटिङको क्रममा कम्तिमा गयल होस् भन्ने चाहना इजरायलको रहेको छ |
एनआरएनए इजरायलको ११ औ वार्षिकोत्सवमा संस्थाको २०१७ -०१९ कार्यकालको पहिलो बर्ष संस्थाले गरेको कार्य विवरण सचिव निर्मला गुरुङ , आर्थिक विवरण कोषध्यक्ष दाना कादम्बरी श्रेष्ठ र एनआरएनए इजरायल अक्षय कोषको विवरण डोमा शेर्पाले प्रस्तुत गरेका थिए |
नेपाल सरकारले फिर्ता गर्ने निर्णय अनुसार नेपाल फर्किन लाग्नु भएका इजरायलका लागि नेपाली महामहिम राजदुत निरन्जन थापा र एनआरएनए इजरायलको कार्यकाल पुरा नहुदै इजरायलबाट स्वदेश फर्किन लागेका अध्यक्ष छिरिङ लामा शेर्पालाई भव्य रुपमा बिदाई गरेको थियो |
संस्थाको कावा अध्यक्ष शान्त अधिकारी ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रम महासचिव तेन्जिन शेर्पा र सचिव निर्मला गुरुङले संचालन गरेका थिए |
पूर्ण विबरणको लागि भिडियो हेर्नुहोस्