हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

२१ भाइलाई वामदेव गौतमको साथ

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका २१ केन्द्रीय सदस्यले उठाएका मागमा सचिवालय सदस्य वामदेव गौतमले साथ दिएका छन्। बालुवाटारमा बिहीबारदेखि बसेको सचिवालय बैठकमा नेता गौतमले केन्द्रीय सदस्यको मागमा छलफल गर्नुपर्ने अडान राखेका हुन्।

गत बुधबार २१ जना केन्द्रीय सदस्यले पार्टी र सरकारको आलोचना गर्दै केन्द्रीय कमिटीको बैठक बोलाउन र पोलिटब्युरो गठनपछि मात्रै केन्द्रीय सदस्यहरूको जिम्मेवारी तथा कार्य विभाजन तोक्न महासचिव विष्णुप्रसाद पौडेलमार्फत अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका थिए।

सचिवालय बैठकमा ती केन्द्रीय सदस्यले उठाएको माग पन्छाउँदै पहिले पोलिटब्युरो गठन कि केन्द्रीय सदस्यको कार्य विभाजन भन्नेमा शीर्ष नेताहरूबीच छलफल भएको थियो। त्यस क्रममा नेता गौतमले केन्द्रीय सदस्यका माग जायज रहेकाले ती मागउपर सचिवालय बैठकमा छलफल हुनपर्ने अडान राखेका थिए ।

सचिवालय बैठकमा उनीहरूको विषयलाई पार्टी अध्यक्षद्वयले उठाउनै नचाहेपछि नेता गौतमले सचिवालयकै बैठकमा छलफल गर्नुपर्ने अडान राखेको स्रोतले जनाएको छ। केन्द्रीय सदस्यहरू डा. विजय पौडेल, जगन्नाथ खतिवडा, ठाकुर गैरे, रामकुमारी झाँक्री, माधव अर्याललगायतका नेताहरूले प्रादेशिक तहको एकता तथा कमिटीगत समायोजनका लागि केन्द्रीय स्तरबाटै प्रयास गर्नुपर्ने र तल्ला कमिटी तथा जनसंगठनलाई आआफ्नो एकीकरण, समायोजन र कामको जिम्मेवारी बाँडफाँट आफैं टुंग्याउन दिनुपर्ने माग गरेका थिए।

सचिवालय बैठकमा अध्यक्षद्वय ओली र दाहाल केन्द्रीय सदस्यको कार्य विभाजन टुंग्याएर पोलिटब्युरो गठन गर्ने पक्षमा छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले पोलिटब्युरो गठनसम्बन्धी अजेन्डा टुंग्याएर मात्र कार्य विभाजन गर्नुपर्ने मत राखेका छन्। उनीहरूसँगै नेता गौतमले पनि पोलिटब्युरो गठनपछि मात्रै केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोक्नुपर्ने मत राखेका थिए। छिटो वा तत्काल निर्णय गर्नुपर्ने अवस्थामा केन्द्रीय कमिटीले अनुमोदन गर्ने गरी स्थायी समितिले निर्णय गर्ने पूर्वपरम्परालाई पालना गर्न माग गरेको विषयमा नेता गौतम सहमत भएका छन्।

सचिवालय बैठक स्थगित भएपछि केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्नेमध्ये केही केन्द्रीय सदस्यहरू आइतबार बिहान गौतमलाई भेट्न गएका थिए। गौतम निवास भंैसेपाटी पुगेका उनीहरुले आफ्ना माग सुनुवाइ नभएको गुनासो गरेका थिए।

सचिवालय बैठकबाट पोलिटब्युरो सदस्य र सिनियर केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्जको जिम्मेवारी तोकिए बाँकीलाई संघीय निर्वाचन क्षेत्रको इन्चार्जको जिम्मेवारी दिने गरी छलफल चलिरहेको छ । सचिवालयले कार्य विभाजनको ठोस प्रस्ताव तयार पारे स्थायी समितिले चार सय ४१ जना केन्द्रीय सदस्यकै कार्य विभाजन गर्ने तयारी छ । केन्द्रीय कमिटीको एक तिहाई एक सय ४७ जना रहेको पोलिटब्युरो गठन गर्ने नेकपाको तयारी छ । नागरिक दैनिक |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution