एनआरएनए इजरायलको ११ औ बार्षिकोत्सव साथै बिदाई कार्यक्रम

तेलअविव -गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलले संस्थाको ११ औं बार्षिकोत्सव कार्यक्रम आउँदो १ डिसेम्बर २०१८ (शनिबार)को दिन एभरेस्ट डिस्को हलमा बिहान ११ बजे देखि भव्य रुपमा मनाउने भएको छ |
कार्यक्रममा संस्थाको २०१७/१९ को कार्यकालको बार्षिक विवरण र आर्थिक बिबरण सार्वजनिक गर्ने भएको छ | साथै नेपाल फर्किनु लाग्नु भएका इजरायलका लागि नेपाली महामहिम राजदुत निरन्जन कुमार थापालाई एनआरएनएएनसीसी इजरायल र नेपाल आदिवासी जनजाती महासंघ इजरायलको संयुक्त आयोजनामा बिदाई गर्ने कार्यक्रम रहेको प्रवक्त डोमा शेर्पाले जानकारी दिनु भएको छ |
यसैगरी बिगत लामो समय देखि इजरायललाई आफ्नो कर्मभुमी बनाउदै आउनु भएका एनआरएनए २०१७ – २०१९ कार्यकालका अध्यक्ष छिरीङ लामा शेर्पा आकस्मिक इजरायलको बसाईलाई बिट मार्दै नेपाल जन्मभुमी फर्कनु हुने जानकारी संस्थामा गराए लगत्तै संस्थाको कार्यभार कार्यबाहक अध्यक्षको रुपमा बरिष्ठ उपाध्यक्ष शान्ता ज्ञवाली अधिकारी सुम्पनु भएको जानकारी दिनु भएको छ |
महामहिम थापा र अध्यक्ष शेर्पालाई सयुक्त रुपमा बिदाई गर्ने बताएको छ | एनआरएनए इजरायललाई आर्थिक नैतिक र भौतिक रुपमा सहयोग पुर्याउदै आउनु भएको संघसंस्था लगायतका ब्यक्तित्वहरुलाई सम्मान स्वरुप सोही कार्यक्रममा प्रमाण पत्र बितरण गर्ने समेत भएको छ ।
इजरायलवासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उपस्थितीको लागि हार्दिक निमन्त्रणा गरेको छ |