हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

रुसले आक्रमण गरी युक्रेनका ३ वटा नौसैनिक जहाज कब्जा

मस्काे । रुस र युक्रेनबीच थप तनाव बढेको छ । क्राइमिया प्रायद्विप नजिकैको समुद्रमा रुसले आक्रमण गरेर युक्रेनका तीनवटा नौसैनिक जहाज कब्जामा लिएपछि थप तनाव बढेकाे हाे ।

रुसले युक्रेनी जहाज गैरकानुनी रुपमा आजोव सागरस्थित आफ्नो सीमामा घुसेकाले आक्रमण गरेर कब्जामा लिएकाेकाे दाबी गरेको छ । केही युक्रेनी जहाज चालक दलका सदस्य घाइते भएका छन्।

दवै देशले एक एक अर्कालाई दोष लगाएका छन्। पछिल्लो संकट तब उत्पन्न भएपछी रुसले युक्रेनी पानीजहाजहरूलाई आफ्नो जलक्षेत्रमा अवैध तरिकाले पसेको आरोप लगाएकाे छ ।

रुसले आक्रमण गरेपछि युक्रेन रुष्ट भएको छ । युक्रेनका राष्ट्रपति पेट्रो पारोशेन्कोले रुसको ‘सन्की कदम’ भनेर आलोचना गरेका छन् । त्यसबारे छलफल गर्न उनले राष्ट्रिय सुरक्षा परिषदको आकस्मिक बैठक पनि आह्वान गरेकाे बीबीसीले जनाएकाे छ ।

यस घटनाबाट युक्रेनमा मार्शल ल (सैन्य कानुन) लागु गर्ने तयारी भइरहेको छ । युक्रेनको संसदमा यसमा आज भोटिङ हुनसक्ने बीबीसीको समाचारमा उल्लेख छ ।

युक्रेनद्वारा जारी विज्ञप्तिमा लेखिएअनुसार रुसका विशेष सुरक्षा बलले बन्दुक राखिएका युक्रेनका दुई डुंगा र डुंगालाई तान्ने एक जहाजलाई लखेट्दै आक्रमण गरेर कब्जामा लिएका छन् । यस घटनामा जहाजका ६ जना सदस्य घाइते पनि भएका छन् ।

युक्रेनको यो भनाइमा रुसको अझैसम्म कुनै प्रतिक्रिया आएको छैन । त्यसअघि रुसले युक्रेनका जहाज गैरकानुनी रुपमा आफ्नो सिमानामा छिरेकाले कब्जामा लिएको आरोप लगाएको थियो ।

युक्रेनले भने रुसले निकोपाल र बर्डियान्सक नामका ‘गन बोट’मा आक्रमण गरेर कब्जामा लिएको बताएको छ । यसअघि रुसले युक्रेनका पानी जहाजमा निगरानी गर्न दुई लडाकु विमान र दुई हेलिकोप्टर तैनाथ गरेको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution