हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

३३ सुन तस्करीका ‘फरार’ अाराेपीसँगै अाइजीपी खनालकाे ‘रात्रिभाेज’

काठमाडाैँ । ३३ किलाे सुनकाण्डकाे चर्चा लगभग सेलाइसकेकाे छ । यस प्रकरणमा पक्राउ परेका ठूला प्रहरी अधिकारीहरु पनि छुटिसकेका छन् भने मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती उर्फ गाेरेसहित अन्य केही व्यक्ति जेलमा छन् ।

इन्टरपोलको ८७औं महासभामा सहभागी हुँदै अाइजीपी खनाल

साेही सुन तस्करी काण्डमा मुछिएका र अदालतलार्इ पैसा बुझाएर ‘फरार’ रहेका ठाकुर ढुंगाना युएर्इकाे एक कार्यक्रममा देखिएका छन् । यति मात्र हाेइन, उनीसँगै नेपाल प्रहरीका महानिरीक्षक (अाइजीपी)लगायतका केही प्रहरी अधिकारीहरु पनि साे कार्यक्रममै अभियुक्तसँग ‘उठबस’ गरिएकाे देखिएकाे छ ।

एनअाएनएकाे सभामा अाइजीपी खनाल

महानिरीक्षक सर्वेन्द्र खनाल युएर्इकाे दुबईमा अायाेजित (नाेभेम्बर १८ देखि २१) इन्टरपोलको ८७औं महासभामा सहभागी हुन दुबई पुगेका बेला सुन तस्करीका विवादास्पद व्यक्तिसँगै एकै मञ्चमा बाेलेकाे मात्र नभर्इ रात्रिभाेजमा समेत सरिक रहेकाे विशेष स्राेतबाट खुल्न अाएकाे छ ।

इन्टरपोलको महासभामा माग लिन नेपालबाट आईजीपी खनालसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीआईजी निरज शाही, इन्टरपोलकाे नेपाल शाखाका एसपी उमेशराज जोशी, कुकुर शाखाकी एसएसपी देउती गुरुङलगायतका अधिकारी दुबर्इ पुगेका थिए ।

एनअाएनएकाे सभामा सम्बाेधन गर्दै अाइजीपी खनाल

आइजिपी खनाललगायतका अधिकारीहरु शुक्रबार (नाेभेम्बर २३)मा एनअारएन-युएर्इकाे राष्ट्रिय समन्वय परिषद्काे वार्षिक भेलामा सुन तस्करीमा मुछिएका ठाकुर ढुंगानासँगै देखिएका थिए । यही कार्यक्रममा अर्का विवादास्पद व्यापारी दीपक मल्होत्रा समेत उपस्थित थिए ।

एनअाएनएकाे सभामा सम्बाेधन गर्दै सुन तस्करीका अाराेपी ठाकुर ढु‌ंगाना

अाइजीपी खनाल र विवास्पद व्यवसायी ठाकुरले एनअारएनएकाे उक्त सभामा सम्बाेधन समेत गरेकाे विभिन्न तस्वीर र भिडियाेहरुमा देख्न सकिन्छ ।

स्रोतका अनुसार सभाकाे २ दिनअघि मात्र बुधबार (नाेभेम्बर २१) दुबईमै ठाकुर लगायतकाे अगुवाइमै एनअारएनकाे छुट्टै जमघट गरिएकाे थियाे, जहाँ अाइजीपी खनाल लगायतका उच्च अधिकारीहरु रात्रिभाेजमा सरिक थिए ।

नेपालकाे राष्ट्रगान गाउँदै एनअारएनए युएइका अगुवासँगै ठाकुर

३३ किलाे सुन तस्करीसँगै बाहिरएकाे ३८ क्विन्टल सुन तस्करीमा संलग्नहरुकाे नालीबेलीमा ठाकुर पनि मुख्य रुपमा संलग्न रहेकाे पाेल खुलेकाे थियाे । पाेल खुलेपछि ठाकुर केही महिनाअघि अाफै माेरङ उच्च अदालतमा उपस्थित भर्इ १० लाख धराैटी बुझाएर उम्किएकाे बताइन्छ ।

ठाकुर सुनकाण्डका मुख्य अभियुक्त बनाइएका ‘गोरे’का भाइसँगै दुबर्इमा रहेर सुन तस्करीकाे सेटिङ र हुन्डी कारोबारमा संलग्न रहँदै अाएका थिए । धादिङको नीलकण्ठ– ५ स्थायी घर भएका ठाकुर पछिल्लाे समय दुबर्इमा ट्राभल एजेन्सी चलाएर बस्दै अाएका छन् ।

न्युज २४ नेपाल बाट

१० मसिर २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution