नेपाल लोक स्टारको प्रमुख निर्णायकमा जयनन्द लामा

काठमाडाै । नेपाली लोक गीत संगीतको विकास प्रवद्र्धन र प्रचारको लागि चाहाना मिडियाको आयोजनामा हुन लागेको नेपाल लोक स्टारको लागि प्रमुख निर्णायकको रुपमा जयनन्द लामा अाबद्ध भएका छन् । नेपाली लोक गीत संगीतका धरोहरका रुपमा रहेका लामालाई नेपाल लोक स्टारको कार्यक्रमको लागि आधिकारीक रुपमा प्रमुख निणार्यकको रुपमा चयन गरीएको कार्यक्रमका संयोजक सहदेव कोइरालाले बताए ।
चाहाना मिडियाको आयोजनामा हुन लागेको सर्वाधिक पुरस्कार राशीको कार्यक्रम नेपाल टेलिभिजन र नेपालको पहिलो एच.डि. टेलिभिजन ए.पि.वान.एच.डि बाट प्रशारण हुनेछ ।
विभिन्न चरणमा प्रतिस्पर्धा गराँउदै सञ्चालन गरीने कार्यक्रममा प्रथम हुनेले ५० लाख पुरस्कार पाउनेछन् भने द्धितियले २५ लाख र तृतीय हुनेले १० लाख रुपैँया पाउनेछन् । सान्त्वनाको लागि समेत आर्कषक पुरस्कारको व्यवस्था गरीएको कार्यक्रमका संयोजक कोइरालाले जानकारी दिए । लाेकगीतमा चासाे राख्ने प्रतीभा गाउँ गाउँमा रहेकाे अनुभव गरेका काेइरालाले याे कार्यक्रम लाेक संगीतमा लाग्नेहरूका लागि अाकर्षक प्लेट फर्म हुने बताए । ‘ विभिन्र कारणले मञ्चमा अाउन नसकेका प्रतिभालाइ हामी मञ्च प्रदान गर्ने छाैं ।’ उनले भने । राजधानी बाट
९ मङ्सिर २०७५