हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

सन्तवीरको सम्झनामा उनको कृतिको चर्चा : पाँच लाखको पुरस्कार कोष घोषणा

शुभप्रभात राई/काठामाडौं – तामाङ सर्जक कर्णेल सन्तवीर लामा पाख्रिनको १२१ औं जन्मजयन्तीको अवसरमा उनले लेखेको ‘ताम्बा काइतेन ह्वाई रिमठिम’ किताबको परिचर्चा गरिएको छ।

शनिवार राजधानीको अनामनगरस्थित विनायो क्याफेमा आयोजित परिचर्चा कार्यक्रममा डा मुक्तिसिंह थोकरले सन्तवीरको ताम्बा काइतेनबारे चर्चा गरे। उनले शुरुवातकालीन समयमा समाजको विचारपद्दतिबारे उल्लेख गर्दै गीतले नै तामाङको इतिहास बोकेको धारणा राखे। उनले ताम्बा गीतकारमात्र नभएर इतिहासकारसमेत भएको बताए।

भने, ‘ताम्बा गीतकारको रुपमा झनै महत्वपूर्ण रहने देखिएको छ। यस्तो मात्र होइन गीतकार इतिहासकार पनि हो।’ चीनमासमेत यसको प्रयोग भएको उनले उल्लेख गरे।

तामाङको मौखिक विषय देवनागरी र नेपाली भाषामा लेखेर सन्तवीर लामाले तामाङ साहित्यलाई नयाँ युगमा प्रवेश गराएको बताए।

 

कार्यक्रममा लेखक टि ग्याल्सेन लामाले सन्तवीरको ‘ताम्बा काइतेन ह्वाई रिमठिम’ तामाङ जातिको वेद भएको बताए। यसको नियममा बसेमात्र तामाङको परिचय रहिरहने उनको तर्क थियो।

सन्तवीर पुरस्कार कोष घोषणा

कार्यक्रममा सन्तवीर लामाको नाममा पुरस्कार कोष घोषणा गरिएको छ। पुरस्कार कोष घोषणा गर्दै बहुभाषिक रेडियो हिमालयको तर्फबाट ५० हजार रुपैयाँ दिने रेडियो हिमालयका सञ्चालक बुद्धि विश्वकर्माले घोषणा गरे। पाँच हजार डलरको कोष बनेपछि उक्त कोष बलियो हुने उनले बताए। अध्ययन क्षेत्र, काव्य क्षेत्र र कलाको क्षेत्रमा तामाङका विषयमा लागेका तीन जना साधकलाई प्रदान गरिने बताए।

एभरेस्ट टाइम्सका सम्पादक एवं रेडियो हिमालयका बोर्ड अफ ट्रस्टी ङिमा पाख्रिनले पुरस्कार कोष घोषणाको प्रशंसा गर्दै आफू पनि सहयोग गर्न तयार रहेको बताए। 

उनले क्यालिफोर्नियामा रहेको सोनाम मोक्तान, न्युयोर्कमा रहेका छेमाङ तामाङलगायतसमेत पुरस्कारको कोषमा सहयोग गर्न तयार रहेको बताए। कार्यक्रममा तामाङ साहित्य, कला र अध्ययन क्षेत्रमा लागेका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

को हुन् सन्तवीर लामा?

आफ्नो संस्कृति र मातृभाषाको उत्थान र विकासमा अमुल्य योगदान पुर्याउनेमध्येका एक अभियन्ता हुन् सन्तवीर लामा। वि.स. १९५४ मङ्सिर ८ मा इलाममा जन्मिएका उनी युवा अवस्थामा खेलमा फुटबल, पार्टीमा कांग्रेसको आस्था राख्ने, राणाकालिन समयमा नेपाली सेनामा भर्ती भएका थिए। आफ्नो कार्यभार साथै तामाङ भाषा र संस्कृतिको विकास एवम् विस्तारमा उनको योगदान रहेको छ।

वि.स.२०१६ मङ्सिर ८ गते झापाको बडाहाकिम भएका लामाले इलाम र झापामा विकास, निर्माण, शान्ति सुरक्षाका साथै साथै कलकारखाना, गुम्बा, मठमन्दिर, चियाखेतीमा उल्लेखनिय गरेका थिए। त्यसैले वि.स. २०१७ चैत्र २० गते बडाहाकिम पदबाट अवकाश लिने बखतमा उनलाई राजा महेन्द्रले अनरेरी (मानार्थ) लेफ्टिनेन्ट कर्णेल उपाधि द्धारा विभूषित गर्दै पोषाक प्रदान गरेका थिए।

नेपाली सेनाबाट अवकाशपछि लामाले थुप्रै जातीय उत्थानका कार्यहरु अघि बढाउदै उनले तामाङ सांस्कृति भाषामा वि.स. २०१६ मा पिहिलो पुस्तक ‘तम्बा कइतेन ह्वाई रिमठिम’ दार्जीलिङबाट प्रकाशित भयो। उनको दोस्रो पुस्तक ‘स्येबु–स्येमु’ वि.स. २०१६ मै प्रकाशन भएको थियो भने, उनले इलाम र झापाका कार्यहरु समेट्दै ‘इलाम दर्पन’ तेस्रो र वि.स. २०२१ मा ‘नाङ्वा साङ्गे’ चौथो पुस्तक प्रकाशन भएको थियो।

तामाङ भाषा, सांस्कृति र धर्मका धरोहर क. सन्तवीर लामा पाख्रिनको निधन वि.स. २०२६ फागुन १ गते काठमाडौको वानेश्वरमा भएको थियो। 

उनको कदर गर्दै तामाङ भाषा, साहित्य संस्कृति र सञ्चारकर्मीहरुले वि.स. २०४९ देखि हरेक बर्षको मंसिर ८ गते लामाको जन्मजयन्ती मनाउदै आएको छ।

एभरेश्टटाइमसन्युज्सबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution