काठमाडौँको जनसभामा आउन किन डराए विप्लव ?
काठमाडौँ – पार्टी पुनर्गठनको पाँचौ वर्षगाँठको अवसर पारेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौँमा आयोजना गरेको जनसभामा पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहभागी नहुने भएका छन् ।
शनिबार भइरहेको उक्त जनसभामा महासचिव चन्दले सम्बोधन गर्ने कार्यक्रम थियो । तर सुरक्षाको कारण देखाउँदै उनी सहभागी नहुने भएका पार्टीका एक नेताले जानकारी दिए ।
तर उनले पठाएको लिखित शुभकामना सन्देश भने सभामा सुनाइनेछ । जनसभालाई पार्टी प्रवक्ता समेत रहेका स्थायी कमिटी सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।