शृंखला खतिवडा मिस वल्र्ड– २०१८ को सेमिफाइनलमा
मिस नेपाल श्रृङ्खला खतिवडा मिस वल्र्ड– २०१८ को प्रतिस्पर्धाअन्तर्गत सेमिफाइनलमा स्थान बनाउन सफल भएकी छन्।
शुक्रबार आफ्नो फेसबुक वालमार्फत् एक स्टाटस पोस्ट गर्दै खतिवडाले आफू मिस वल्र्डको सेमिफाइनलमा छनोट भएको जानकारी दिँदै सम्पूर्ण नेपालीलाई धन्यवाद दिइन्।
‘सेमिफाइनका लागि छनोट हुँदा निकै खुसी छु’ खतिवडाले आफ्नो फेसबुकमा लेखेकी छन् ‘प्रेमका लागि नेपाललाई हृदयदेखि नै धन्यवाद।’ साथै उनले बेस्ट डिजाइनर राउन्डमा आफूबाट ठूलो गल्ती भएको भन्दै आगामी दिनमा त्यस्ता गल्ती नदोर्याउनेसमेत बताएकी छन्