राजधानीको बीच सडकमा विप्लवको शक्ति प्रदर्शन

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिबार काठमाडौंको भृकुटीमण्डपमा जनसभाको आयोजना गरेको छ। पार्टी पुनर्गठनका अवसरमा आयोजित भनिएको जनसभाका लागि भृकुटीमण्डपको बीच सडकमा ठाउँ तयार पारिएको छ।
सभाका लागि प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसको गेट अगाडी मञ्च बनाइएको छ। सडक सभास्थल बनेपछि उक्त सडक बन्द भएको छ। राजधानीका बबरमहल, लैनचौर, सुन्धारालगायतका स्थानबाट निस्केका जुलुससभातर्फ आइरहेका छन्। सभा १ बजेदेखि सुरु हुने बताइएको छ।
अहिलेको राजनीतिक व्यवस्थाप्रति नै अमति जनाउँदै आएको विप्लव नेतृत्वको पार्टीले यस सभालाई आफ्नो शक्ति प्रदर्शनका रुपमा लिएको छ।