नेपाल आइडलबाट बाहिरिइन् गोल्डेन माइक विजेता निलिमा थापा मगर

काठमाडौं । सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’ बाट निलिमा थापा मगर बाहिरिएकी छिन् ।उत्कृष्ठ सात प्रतिस्पर्धीले बिहीबार दिएको प्रस्तुती हेरेर दर्शकले गरेको भोट र निर्णायकको मतका आधारमा निलिमा बाहिरिएकी हुन् ।
शुक्रबार साँझको नेपाल आइडलको एलिमिनेशन राउन्डमा सबैभन्दा कम भोट पाएपछि उनी बाहिरिएकी हुन् । पोखराकी निलिमा गोल्डेन माइक विजेता हुन् ।
अघिल्लो हप्ता कृषल कणेल नेपाल आइडलबाट बाहिरिएका थिए । अब गाला राउण्डमा ६ जना प्रतिस्पर्धी बाँकी छन् ।
८ मसिर २०७५