हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

राक्सिराङ गाउपालिकामा अस्थायी प्रहरी चौकी स्थापना

राजेश रुम्बा लामा । मकवानपुर – सामाजिक सुरक्षालाई मध्यनजर गर्दै राक्सिराङ गाउपालिका, चैनपुरमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ।  बिहिवार एक कार्यक्रमका बीच चौकीको  उद्घाटन गरिएको हो।             

राक्सिराङ लगायत आसपासका वडाको सुरक्षाको लागी प्रहरी सहायक निरीक्षक बिर बहादुर यादवको नेतृत्वमा ७ सदस्यीय प्रहरी टोलि त्यहा राखिएको छ। बिगत केहि बर्ष पहिलेदेखी स्थानीयहरुको गुनासोलाई मध्यनजर गर्दै गाउपालिकामा चौकी स्थापना गरिएको  गाउपालिका अध्यक्ष राजकुमार मल्लले जनाए ।

मल्लकैै  संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि शंसाद सन्त बहादुर चेपाङले अस्थायी प्रहरी चौकी स्थापना हुनु अति नै राम्रो भएकोले अब छिट्टै लागुऔषधको अबैध ब्यापार, हिंसा,सामाजिक अपराध पुर्न रुपमा निर्मुल हुने बिश्वास ब्यक्त गरे। साथै जनताको सुरक्षामा सदैव पहल गर्ने उहाले बताए।

यस्तैगरि कार्यक्रमका बिशिस्ट अतिथी तथा प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले समाजमा रहेका बालबिबाह,बहुबिबाह,बिकृती बिसङ्गती निर्मुल पार्न हरदम सह्योग गर्ने र मुस्कानसहितको प्रहरी सेवा,सामुदायिक प्रहरी सेवा,बिद्यालय सुरक्षा संयन्त्रको स्थापना गरि हरेक जनतालाई सुरक्षाको अनुभुती दिलाउने उहाले आश्वासन दिनु भएको थियो ।                  

कार्यक्रमका संयोजक तथा गाउपालिका अध्यक्ष राजकुमार मल्लले पहाडी गाउको शान्ति सुरक्षा कायम गर्दै अस्थायी प्रहरी चौकिलाई छिट्टै स्थायी बनाइने साथै बैंक बित्तीय संस्था तथा उद्योगहरु स्थापनामा सदैब सहयोग हुने अपेक्षा पनि गरे।      

चौकी स्थापना भएपछि स्थानीयहरु सुरक्षित महसुस गरेका छन। त्यहा अहिलेसम्म प्रहरी चौकी नभएको र प्रहरी चौकी नहुदा राक्सिराङका नागरिकहरु आफ्नो सुरक्षासम्बन्धि गुनासो भन्न ईलाका प्रहरी चौकी मनहरी आउनुपर्ने बाध्यता थियो।        

उद्घाटन कार्यक्रममा गाउपालिका उपाध्यक्ष निर्मला हिम्डुङ, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य बुद्धिजीवी,शिक्षक,समाजसेवि लगायत अन्य स्थानियबासिको बाक्लो उपस्थिति रहेको थियो।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution