कस्मेटिक पसलबाट ४ लाखको चोरी

राजेश रुम्बा, भण्डारा चितवन । पुर्वी चितवनको राप्ती नगरपालिका ४ स्थित भण्डारा बजार नजिकै रहेको सरिश्मा कस्मेटिक पसलबाट ४ लाख बराबरको चोरि भएको छ । पसल संचालिका बुद्धि माया श्रेष्ठका अनुसार मंसिर २ गत्ते राति चोरी भएको हो । ३ गत्ते विहानै प्रहरीलाई खवर गरे पनि अझैसम्म कोहि पनि पक्राउ परेका छैनन ।
बेलुका पसल बन्द गरेर घर गएका श्रेष्ठ विहान पसल खोल्न विहाँन आउँदा चोरी भएको थियो । मुल ढोकाको ताला र पसलको भित्री ढोकामा लगाएको ताला फोरेर नगद, गरगहना लगायतका अन्य सामान गरी करिव ४ लाख बराबरको चोरी भएको पीडित श्रवेष्ठले गुनासो गर्नुभयो । पसलको अन्य सामान पनि छरपस्ट पारेका थिए ।
इलाका प्रहरी कार्यलय भण्डाराका प्रमुख तथा प्रहरी निरिक्षक बसन्त आचार्यले पिडितको निवेदन आए लगत्तै अनुसन्धान सुरु गरेको बताउनुभयो । उहाँका अनुसार संकास्पद केही व्याक्तिहरुको बिशेष निगरानी राखेकाले छिट्टै अपराधी पक्राउ पर्ने बाताउनुभयो ।