हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

अर्कैसँग लागेको थाहा पाएपछि महिलाले प्रेमिको बिर्‍यानी बनाई नोकरलाई खुवाइन्

काठमाडौं । बदला भन्ने शब्द मानिसहरुको लागि निकै हानिकारक बन्नसक्छ भन्ने कुराको उदाहरण एक महिलाले दिएकी छिन् । बदलाको रापमा जलेकी महिलाले आफ्ना प्रेमीको हत्या गरेर उनसको मासुबाट बिर्‍यानी बनाएर नोकरलाई खुवाएकी छिन् ।

आफ्नो प्रेमीले अर्कै महिलासँग विवाह गर्न लागेको थाहा पाएपछि त्यसको बदला लिनको लागि महिलाले प्रेमीको हत्या गरेकी हुन् । यूएईको अल–इन नाम गरेको क्षेत्रमा यो घटना घटेको हो । सात वर्षदेखि उनीहरु प्रेम सम्बन्धमा थिए तर प्रेमीले भने अर्कै केटीसँग विवाह गर्न लागेको थाहा पाएपछि उनी आक्रोशित भएकी थिइन् ।

यो घटना भएको तीन महिनासम्म यो कुरालाई कसैलाई पनि थाहा थिएन । तीन महिनापछि उनका भाइले उनको खोजी गर्दै जाँदा प्रहरीमा हराएको उजुरी गरेका थिए । उनको उजुरीपछि प्रहरीले खोजी गर्दै जाँदा महिलाको घरमा उनका प्रेमीको दाँत भेटिएको थियो । डीएनए परीक्षणको रिपोर्ट आएपछि घटना खुलेको थियो ।

यो घटना खुलेपछि महिलालाई प्रहरीले गिरफ्तार गरेको थियो । महिलाले आफ्नो बयानमा रिसको झोंकमा प्रेमीको हत्या गरेको बताएकी छिन् । महिलाले आफूले लामो समयदेखि उसलाई आर्थिक सहयोग पनि गर्दै आएको तर अन्तिममा उसले धोका दिएको बताएकी छिन् । उनको सजायबारे छिटै नै निर्णय हुने बताइएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution