संसारबाटै लोप हुँदै एटिएम मेशिन

काठमाडौं – नेपालको शहरी क्षेत्रमा केही मात्रामा भएपनि २४ सै घण्टा पैसा निकाल्न मिल्ने एटिमए मेशिन जडान गरिएको छ ।एटिएम सेवामा सरकारी भन्दा निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाको भूमिकमा प्रभावकारी रहेको छ । उनीहरुले दिने सेवा समेत गुणस्तरीय नै रहेको छ । तर मुख्य शहरी क्षेत्र बाहेकका क्षेत्रमा भने अझै पनि सहजै पैसा निकाल्न मिल्ने एटिमएम मेशिन जडान हुन सकेको छैन ।
ग्रामीण क्षेत्रमा त बैंक तथा वित्तीय सस्थाको सामान्य शाखा समेत खुल्न सकेको छैन । कूल ७५३ स्थानीय तह मध्ये अझै १६६ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखा खुलेका छैनन् ।
नेपाल राष्ट्र बैंकले बाध्यकारी व्यवस्था गरेपनि बैंकहरुले स्थानीय तहमा शाखा खोल्न चासो देखाएका छैनन् । केही बैंक तथा वित्तीय संस्थाले इमान्दारीपूर्वक शाखा खोले पनि धेरै जसो बैंकहरु भने शहरी तथा सुगम क्षेत्रमा नै कारोवार गरिरहेका छन् ।
सुगम क्षेत्रमा सेवा प्रवाह गर्न कुनै पनि समस्या नहुने भएकाले बैंक तथा वित्तीय संस्था ग्रामीण तथा दुरदराजको क्षेत्रमा जान त्यत्ति चासो राख्दैनन् ।
बैंक तथा वित्तीय सेवाको पहुँचलाई आजकल संसारभरनै सामान्य तथा अत्यावश्यक सेवाको रुपमा लिइन्छ । यो नागरिकको दैनिक जीवनसँग जोडिएको विषय पनि हो ।
नागरिकलाई सेवा दिने भन्दा पनि व्यापार गर्ने प्रवृत्ति पनि मौलाउँदै आएको छ । सेवालाई सहज र सरलीकृत बनाउन प्रयाुस नभएको भने होइन , तर पुग्दो मात्रामा उपलब्धी भने हुन सकेको छैन ।
संसारभर नै वित्तीय पहुँचलाई पनि विकासको प्रमुख आधारको रुपमा हेर्ने गरिएको छ । तर नेपालको अवस्था पछिल्लो दिनमा केही सुधार भएपनि आशातित सफलता भने हासिल हुन सकेको छैन ।
संसारभर क्यासलेस प्रणालीको सुरुवात भइसकेको छ । चीनमा त पैसा नै नबोके पनि हुने अवस्था आइसकेको छ । अमेरिका, बेलायत, यूरोपेली मुलकुहरु र छिमेकी भारतमा समेत कार्डका माध्यमबाट सबै प्रकारको सेवा उपलब्ध गराउने प्रणालीको विकास गरिसकेका छन् । नागरिकलाई बढी भन्दा बढी सरल रुपमा सेवा दिने अभिप्रायले ती देशका सरकार र बैंक तथा वित्तीय संस्थाले काम गरिरहेका छन् ।
तर नेपामला भने एक त बैंक तथा वित्तीय संस्थाका शाखा नै पुगेका छैनन्। पुगेका पनि नागरिकप्रति जिम्मेवार छैनन् । शहरी क्षेत्रमा जडान गरिएका एटिएम मेशिन समेत प्रभावकारी र गुणस्तरीय छैनन् ।
पछिल्लो पटक बेलायतबाट एउटा रोचक खबर आएको छ । त्यो खबरमा भनिएको छ सन् २०४१ सम्ममा बैंक तथा वित्तीय संस्थाका धेरै शाखा रहने छैनन् र नगद झिक्ने एटिएम मेशिन समेत क्रमशः लोप भएर जाने छ ।
बेलायतको एक व्यापारिक वेवसाइट एक्पर्ट मार्केटककाअनुसार बढ्दो प्रविधिको विकास, सूचना तथा सञ्चारमा आएको उच्च विकासले बैंक तथा वित्तीय संस्थाको शाखा र एटिएम मेशिन समेत आवश्यकता नपर्ने उल्लेख गरेको छ ।
उसले भनेको छ, सबै कामहरु अब प्रविधिले नै सञ्चालन गर्नेछ । तपाईलाई अब कुनै पनि प्रकारको कार्ड वा मेशिनको जरुरी नै पर्ने छैन ।
तपाईसँग रहेको स्मार्ट फोन वा कुनै पनि सञ्चार प्रणालीका माध्यमबाट तपाईले सामान किन्न, होटल वा रेष्टुरेन्टमा बिल तिर्न तथा हवाई यात्रा तथा सवारी साधानमा चढ्न पनि सहज हुनेछ ।
भौतिक पैसा नै जरुरी नपर्ने अवस्था सहजै रुपमा संसारभर नै कार्यान्वयनमा आइसकेको छ । त्यसमा अझै नयाँ सुविधाहरु थपिदै जानेछन् । जसले बैंकको शाखा, एटिएम कार्ड वा भौतिक पैसा नै जरुरी पर्ने छैन । तपाईको जीवनशैली थप सहज र सरल मात्रै बन्ने छैन, कार्ड चोरी हुने हराउने वा कुनै पनि प्रकारको क्षति तथा गुनासो पनि रहने छैन ।
नगद कारोवारमा आउने भारी गिरावटले बैंक तथा वित्तीय संस्थालाई शाखा खोल्नु सबै भन्दा ठूलो खर्चको रुपमा रहनेछ । मानिसहरुले त्यसलाई एउटा झन्झट र समयमको बर्बादीको रुपमा पनि लिनेछन् ।
बैंकका शाखामा गएर लाइनमा उभिनु पनि समयको नाशको रुपमा हेरिनेछ । एक्पर्ट मार्केटले बेलायतको संसद हाउस अफ कमन्सको लाइब्ररी, कन्जुमर वाचडग हुइचको तथ्यांक विश्लेषण गर्दै भनेको छ, प्रविधिले यति सहज र सरल बनाउँदैछ कि अब तपाईलाई कुनै पनि आर्थिक कारोवारका लागि अपत्यारिलो अवस्था ल्याइदिनेछ ।
प्रविधिको विकासले बैंकका शाखा बन्द हुने क्रम पनि बढेका छन् । बेलायती सञ्चारमाध्यमहरुकाअनुसार पछिल्ला वर्षहरुमा मात्रै १ हजार ४६ बैंकका शाखा बन्द भएका छन् । यो क्रम बढेर जाने देखिएको छ । ९ हजार २७९ बैंकका शाखा रहेकोमा सन् २०३० मा पुग्दा घटेर केवल ४ हजार ३४४ मा पुग्नेछ । यो क्रम बढ्दै जाँदा अर्को ११ वर्ष अर्थात् सन् २०४१ सम्ममा त बैंकका धेरै जसो शाखा बन्द हुनेछन् ।
एकाध बैंकका केन्द्रीय कर्पोरेट कार्यालय खुल्नेछन् । अन्यथा कुनै पनि शाखा देख्न र हेर्न समेत नपाइने अवस्थाको सिर्जना हुनेछ ।