हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

बहराइनमा तामाङ सोनाम ल्होछार २८५५ भब्यताको साथ मनाउने तयारी

च्याङ्बा लामा योन्जन तामाङ ,मानमा । बहराइन तामाङ सेवा समाजले आफ्नो स्थापना काल देखि नै हरेक बर्ष तामाङ समुदायको मौलिक सांस्कृतिक राष्ट्रिय पर्व सोनाम ल्होछारलाइ हर्षोल्लासका साथ धुमधामले मनाउदै आइरहेको छ।

सोनाम ल्होछार २८५५

यस्पाली पनि नेपाल बाट ख्याती प्राप्त राष्ट्रिय स्तरका कलाकार हरुका साथै स्थानिय उत्कृष्ट कलाकारहरुलाइ समेत समेटि २८५५ ढ्वा ल्हो(संगुर बर्ग) सोनाम ल्होछारलाइ भब्य रुपमा मनाउने समाजका अध्यक्ष सोनम दोङ तामाङले जनाएको छ।

आउदो ८ फेब्रुअरी २०१९ शुक्रबारका दिन,बहराइनको अधलिया स्थित बाङसाङ थाइ रेस्टुरेन्टको सभा हलमा साँझ ठिक ५:०० बजे देखि मनाउन गैरहेको ल्होछार कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त सेलो गायक तथा संगितकार विशाल काल्तान तामाङ,चर्चित म्हेन्दोमाया मोडल तथा नृत्याङ्गना रुपा एस घले तामाङ र हाम्रो टिभिका भिजे ,पत्रकार तथा मोडल स्मारिका थिङ तामाङलाइ आमन्त्रण गरिने बताएको छ।

त्यसैको तयारी स्वरुप गत १६ नोभेम्बर २०१८ शुक्रबारको दिन बहराइनको राजधानी मानमा स्थित सेवारो नेपाली रेस्टुरेन्टको सभा हलमा सम्पन्न समाजको ल्होछार विशेष बैठकमा पेमा तितुङ तामाङको संयोजकत्वमा ३ सदस्यीय २८५५ ल्होछार संयोजक समिती समेत गठन गरेको छ।

ल्होछारमा बिबिध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमका अलवा लामा धर्म गुरु ज्यु बाट बैद्विक पुजापाठ समेत रहने भएको हुँदा समस्त बहराइनबासी नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुलाइ उपस्थितिको लागि आयोजकले निमन्त्रणा गरेको छ भने उक्त मितिको आसपासमा कुनै पनि कार्यक्रमहरु नजुधाइ,कार्यक्रम लाइ सभ्य तथा भब्य रुपमा सम्पन्न गराउन महत्वपूर्ण भुमिका खेलिदिनु हुन बहराइन स्थित सम्पुर्ण संघ संस्था,समाज सेवि,बुद्धिजिवि,उधोग ब्यापारी ब्यबसायी,जातिय क्षेत्रीय,बैचारिक संगठन,पत्रकार लगायत सम्पुर्णलाइ आयोजक टिमले अनुरोध गरेको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution