जनसम्पर्क समिति इजरायलको दोश्रो अधिवेशनको तयारी

तेलअविव – नेपाली कांग्रेसको प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति इजरायलको दोश्रो अधिवेशन आगामी १८ जनवरी २०१९ मा तेलअविवमा हुने भएको छ ।
समितिको विधानको धारा १२ को ‘ख’ अनुसार दोश्रो अधिबेशन हुन लागेको हो | समितिको नयाँ सदस्यता लिन र पुरानो सदस्यता नबिकरण २५ नोभेम्बर देखि डिसेम्बर २५ सम्मको समय तोकिएको छ |
दोश्रो अधिवेशन भव्य र सभ्यताका साथ सफल पार्नको लागि समितिले इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुमा उपस्थितको लागि हार्दिक अनुरोध गरेको छ ।
समितिको पहिलो अधिबेशन ३० डिसेम्बर २०१६ मा भएको थियो ।