इजरायलमा नेपाली नयाँवर्ष २०७६ को अवसरमा सांगीतिक कार्यक्रम हुदै
तेलअविव -अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखा द्वारा नेपाली नयाँ वर्ष २०७६ सालको पावन अवसरमा “नयाँ वर्ष सांगीतिक सांझ २०७६” कार्यक्रम आउँदो अप्रिल १२ तारिख शुक्रबारका दिन आयोजना गर्ने संस्थाका महासचिव युनिका गुरुङले जानकारी दिनु भएको छ |
कार्यक्रमलाई भव्य र सब्य बनाउनको लागि नेपालबाट चर्चित कलाकारलाई आमन्त्रित गर्ने भएको छ | साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने जनाएको छ |
नयाँ वर्षको पवन अवसरमा हामी सबै नेपाली एकै ठाँउमा परिवारीक सद्भावना कायम राख्दै एक आपसमा शुभकामना आदन – प्रदान गर्नुका साथै कार्यक्रममा रम्न र रमाउन, इजरायलमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु, विभिन्न बिधाका कलाकारहरु, कला प्रेमिहरुमा उपस्थितिको लागि अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल (शाखा ) ले हार्दिक निमन्त्रणा गरेको छ |
नयाँ वर्ष सांगीतिक सांझ २०७६” कार्यक्रमबाट आएको मुनाफा नेपालमा दिनदुखी तथा पीडित कलाकारहरुलाई सहयोग गर्ने उद्धेश्यको साथ कार्यक्रम आयोजन गरेको बताएको छ |
इजरायलमा रहि विभिन्न उदेश्यले खोलिएका साहित्यिक, सामाजिक, राजनीतिक तथा विभिन्न संघ-संस्था/संगठनका प्रतिनिधिवर्गहरु साथै इजरायलबाट संचालनमा रहेका मिडियाकर्मीहरुलाई कार्यक्रममा उपस्थित भई प्रत्यक्ष,अप्रत्यक्ष रुपमा आ-आफ्नो ठाउँबाट सहयोग गरिदिनु हार्दिक अनुरोध गरेको छ |
(नोट -: इजरायलमा भएका बिभिन्न संघ संस्थाका अगुवाइ ज्युहरु लगायत नेपाली दाजु भाई दिदी बहिनिहरु सम्पूर्णले उक्त दिन कुनै पनि कार्यक्रम नजुदाइ दिनुहुन यसै सुचना द्वारा सुचित तथा हार्दिक अनुरोध गरेको छ)