हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

जिएमआरले बेच्यो ६०० मेगावाटको माथिल्लो मर्स्याङ्दी, बुटवल पावर कम्पनी र चिनियाँले किने

भारतीय कम्पनी जिमएमआर (ग्रान्धी मालिकार्जुन राव)ले लाइसेन्स बेचेको ६ सय मेगावाटको माथिल्लो मर्स्याङ्दी जलविद्युत आयोजना नेपाली र चिनियाँ कम्पनीले बनाउने भएका छन्।

बुटवल पावर कम्पनी र तीनवटा चिनियाँ कम्पनीले उक्त आयोजनाको सबै सेयर किन्ने सम्झौता गत वैशाखमा भएको थियो। आयोजनाका लागि जिएमआरले बनाएको हिमताल हाइड्रो पावर कम्पनीको सेयर बुटवल पावर कम्पनीले झन्डै २० प्रतिशत र बाँकी चिनियाँ कम्पनीले किन्ने भएका छन्। चिनियाँ कम्पनीहरू एससिआइजी इन्टरनेशनल, सिन्चेङ इन्टरनेशनल इन्भेष्टमेन्ट र क्युवाइइसी इन्टरनेशनल लिमिटेडसँग मिलेर आफूहरूले आयोजना बनाउन लागेको बुटवल पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले जानकारी दिए।

‘जिएमआरबाट सेयर हाम्रो नाममा आउने पक्रिया अन्तिम चरणमा पुगेको छ, एकदुई हप्तामै सकिन्छ होला,’ सिइओ श्रेष्ठले भने,’हाम्रो नाममा आउनासाथ काम सुरू गर्न सजिलो होस् भने र लगानी बोर्डसँग अनौपचारिक छलफल भइरहेको छ।’

आयोजना विकास सम्झौताबारे बुधबार पनि कम्पनीका अधिकारीले लगानी बोर्डसँग अनौपचारिक कुरा गरेको बोर्डका सिईओ महाप्रसाद अधिकारीले जानकारी दिए।

‘उहाँहरू अनौपचारिक छलफलका लागि आउनुभएको थियो,’ अधिकारीले भने। सेयर आफूहरूको नाममा आउनासाथ काम सुरू गरिहाल्ने भएकाले लगानी बोर्डसँग कुराकानी गरेको श्रेष्ठले बताए।

१० वर्षअघि सरकारले आयोजनाको अध्ययन गर्न जिएमआरलाई अनुमति दिएको थियो। विस्तृत आयोजना प्रतिवेदन बनाइसकेपछि जिएमआर माथिल्लो मर्स्यांङ्दी बेचेको हो।

९०० मेगावाटको माथिल्लो कर्णालीका लागि जिएमआरले फाइनान्सियल क्लोजरको समय थप्न माग गरेको छ।

भदौ तेस्रो साता जिएमआरले बोर्डलाई समय एक वर्ष थप्न निवेदन दिएको थियो। समय थप्न जिएमआएरले तेस्रो पटक निवेदन दिएको हो। एक वर्षअघि थपेको फाइनान्सलियल क्लोजरको समय असोज पहिलो साता सकिएको थियो। जिएमआएरको निवेदनमा बोर्डले कुनै निर्णय गरेको छैन।

आइतबारका लागि बोलाइएको बोर्ड बैठकले यसबारे निर्णय गर्ने अपेक्षा गरिएको छ। सेतोपाटि |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution