हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

दीपिका रणबीर विवाहका कारण इटालीमा यसकारण निम्तियो विवाद

रणबीर सिंह र दीपिका पादुकोणको नोभेम्बर १५ तारिखमा इटालीको लेक कोमोमा सिन्धी परम्परा अनुरुप भएको विवाहका कारण विवाद निम्तिएको छ । विवाहमा आनन्द कारज सेरेमोनीमाथि इटालीको सिख संगठनले आपत्ति जनाएको छ । संगठनले लेक कोमोबाट एक सय ५० किलोमिटर टाढा ब्रेसियाको एक गुरुद्वारबाट गुरु ग्रन्थ साहिब मागेकोमा आपत्ति व्यक्त गरेको छ ।

इटालियन सिख अर्गनाइजेशनका प्रेसिडेन्ट सुखदेव सिंह कांगले अकाल तख्तको नियम अनुसार गुरुद्वारेबाहेक गुरु ग्रन्थ साहिबलाई अन्य कतै पनि लैजान नपाइने बताएका छन् । यसलाई होटल वा ब्याङ्क्वेट हलमा पनि लैजान प्रतिबन्ध भएको उनले बताए । सुखदेवले अकाल तख्त जत्थेदारसँग पनि यसको लिखित ऊजुरी दिने जानकारी दिएका छन् । साथै उनले गुरुद्वारको व्यवस्थापनलाई यस्तो गल्तीका लागि जिम्मेवार मानेका छन् । रणवीर र दीपिकाको विवाह गराउनका लागि अमृतसरको स्वर्ण मन्दिरबाट नरिन्दर सिंह इटली गएका थिए ।

रिपोर्टका अनुसार आनन्द कारजका बेला दीपिका भावुक भएकी थिइन् । त्यतिबेला हर्षदीप कौर गुरबाणी ‘एक ओंकार…’ को लाइभ परफर्मेन्स दिइरहेकी थिइन् । जब अन्तिम फेरा लिने क्रममा दीपिकाको नजर बुवा प्रकाश पादुकोणमाथि पर्यो तब उनले आफ्नो आँसु रोक्न सकिनन् । प्रकाशको आँखामा पनि आँसु थिए । यो देखेर दीपिका उनलाई अँगालो हालेर धेरै बेरसम्म रोइरहेको भारतीय संचार माध्यमले बताएको छ । रणबीर र दीपिका २१ नोभेम्बरमा बेंगलुरु र २८ नोभेम्बरमा मुम्बईमा रिसेप्सन दिनेछन् ।
एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution